नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
जावलाखेल, ललितपुर
बस / हाईस /जिप भाडामा लिने सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति २०८२/०१/१७)
यस प्रतिष्ठानबाट सञ्चालन हुने तालिम, गोष्ठी, अनुसन्धान तथा परामर्श जस्ता कार्यक्रममा आवश्यक पर्ने यातायात सवारी साधन (बस / हाईस /जिप) सेवा करारमा लिनुपर्ने भएकोले सो सेवा उपलब्ध गराउन इजाजत प्राप्त इच्छुक संस्था/ कम्पनीले निम्नानुसारको मितिभित्र प्रतिष्ठानबाट प्रस्ताव फाराम खरिद गरी उक्त फारामको सर्तको अधीनमा रही सिलबन्दी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि प्रतिष्ठानको खरिद एकाइमा सम्पर्क राख्न सकिनेछ ।