Newspaper Tender

Source: Butwal Today

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Apr 30, 2025
Deadline : May 15, 2025, noon
Type : Bolpatra

पुरानो भवन भत्काउने र सामान लिलाम सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना

नेपाल सरकार
गृह मन्त्रालय 
अध्यागमन विभाग
अध्यागमन कार्यालय
बेलहिया, रूपन्देही

पुरानो भवन भत्काउने र सामान लिलाम सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।

(प्रथम पटक प्रकाशित मिति : २०८२/०१/१७)

यस अध्यागमन कार्यालयको पुरानो जिर्ण भवन जे जस्तो अवस्थामा रहेको भवनको सिलबन्दी दरभाउपत्रद्वारा लिलाम गर्नुपर्ने भएकोले इच्छुक योग्य व्यक्ति फर्महरूले तपसिलका शर्तहरूको अधिनमा रही अध्यागमन कार्यालयमा तोकिएको समयभित्र गोप्य सिलबन्दी दरभाउपत्र दाखिला गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।

१. सिलबन्दी दरभाउसाथ रु.१०/- को टिकट टाँसी कवोल गरेको अकको ५ प्रतिशत धरौटी वापत रकम कोष तथा लेखा नियन्त्रक कार्यालयको धरौटी खाता नं. ०४ १४३ ०१०१४२५३-०२-७ कृषि विकास बैंक, भैरहवा शाखामा जम्मा गरेको सक्कलै बैंक भौचर संलग्न गर्नुपर्नेछ ।

२. सिलबन्दी दरभाउपत्रसाथ दरभाउपत्रदाताले नेपाली नागरिकताको प्रतिलिपी अनिवार्य सलग्न गर्नुपर्नेछ। फर्मको हकमा फर्मको आवश्यक कागजातको प्रतिलिपी पेश गर्नुपर्नेछ।

३. सिलबन्दी दरभाउपत्र फारम दस्तुर रु. १०००.०० (फिर्ता नहुने गरी) बुझाई दरभाउपत्र फारम अध्यागमन कार्यालय बेलहियाको लेखा शाखाबाट कार्यालय समय भित्र खरिद गर्न सकिनेछ ।

४. सिलवन्दी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति सूचना जारी भएको १५ दिन कार्यालय समय भित्र र सिलबन्दी दरभाउपत्र दर्ता गर्ने मिति सूचना जारी भएको १६ दिनको १२:०० बजे सम्म दर्ता गरि सक्नुपर्नेछ । सोही दिन दिउँसो १:०० बजे व्यक्ति वा फर्मको प्रतिनिधिको रोहबरमा खोलिने छ साथै प्रतिनिधि उपस्थित नभए पनि खोल्न बाधा पर्ने छैन ।

५. बिक्री तथा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू बिदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही बमोजिम हुनेछ ।

६. रित नपुगी वा म्याद नाघी र कुनै शर्त राखी पेश हुन आएका दरभाउपत्रहरू मान्य हुनेछैन ।

७. स्वीकृत हुने सिलबन्दी दरभाउपत्र दाताले स्वीकृती कबोल रकम सम्झौता सँगै एकमुष्ठ यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाको खातामा दाखिला गरी सक्कलै भौचर अध्यागमन कार्यालय बेलहियामा पेश गरेपछि कार्यादेश दिइनेछ ।

८. पुरानो भवन भत्काउने भवनको सामान ओसार्ने र अन्य लाग्ने सम्पूर्ण करहरू स्वयम् व्यक्ति वा फर्मले व्यहोर्नु पर्नेछ ।

९. अन्य जानकारीको लागि यस अध्यागमन कार्यालय बेलहियाको लेखा शाखामा बुझ्न सकिनेछ ।

१०. यो सुचनामा उल्लेख नभएको शर्तहरू सार्वजनिक खरिद नियमावली २०६४ को नियमानुसार हुनेछ ।

 अध्यागमन अधिकृत


Search, Apply & Get Job: FREE