लिखु गाँउपालिका
गाँउ कार्यपालिकाको कार्यालय
नुवाकोट ।
औषधी खरिदको शिलवन्दी दरभाउपत्र सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८२/०१/१४)
यस कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा चालु आर्थिक वर्ष २०८१/८२ को वांकी अवधिको लागि आवश्यक पर्ने गुणस्तरीय औषधीहरु शिलवन्दी दरभाउपत्रको माध्यमवाट खरिद गर्नु पर्ने भएकोले ईजाजतप्राप्त फर्म, संस्था, सप्लायर्सहरु वा कम्पनीबाट निम्न शर्तहरुको अधिनमा रहि रीत पुर्वकको शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।
१. दरभाउपत्र फारम कृषि विकास बैंक लि. छहरे शाखामा रहेको आन्तरीक राजस्व खाता नं. ०२२४८०१९४५१०८०१९ मा वोलपत्र दस्तुर वापतको रु १००००० एक हजार (फिर्ता नहुने गरी) नगद जम्मा गरेको भौचरको Scan कपी सहित अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको इजाजतपत्र, फर्म/संस्था/कम्पनीदर्ताको प्रमाणपत्र, मूल्यअभिवृद्धि करमादर्ता भएको प्रमाणपत्र र आ.व. २०८० / ०८१ सम्मको कर चुक्ता गरेको प्रमाणहरु संलग्न राखी सार्वजनिक खरिद अनुगमन कार्यालयको Website centralize EGP portal https://www.bolpatra.gov.np मार्फत पेश गर्न सकिनेछ ।
२. दरभाउपत्र दाताहरुको अनुपस्थितीमा पनि दरभाउपत्र खोल्न वाधा पुगेको मानिने छैन ।
३. दरभाउपत्र दाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित कसुरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा कागजात दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
४. दरभाउपत्र फाराम साथ जमानत वापत तपशिलमा उल्लेखित धरौटी रकम यस कार्यालयको कृषि विकास बैंक लि. छहरे शाखा नुवाकोटमा रहेको धरौटी खाता नं. ०२२४८०१९४५१०८११६ मा नगदै जम्मा गरेको सक्कल बैंक भौचर वा मान्यता प्राप्त वाणिज्य बैंकहरुबाट यस गाँउपालिकाको नाममा जारी भएको सक्कल बैंक ग्यारेन्टी ( Bid Bond) शिलबन्दी दरभाउपत्र खोलेका मितिबाट गणना हुने गरि कम्तिमा ७५ दिन म्याद भएको हुनु पर्नेछ ।
५. दरभाउपत्र फारममा दररेट भर्दा अंक र अक्षरमा प्रष्ट संग उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
६. दरभाउपत्रदाताले सप्लाई गर्ने औषधीहरुको म्याद आपुर्ती हुंदाको समयमा कुल उपभोग योग्य अवधिको कम्तिमा ७५ प्रतिशत हुनु पर्नेछ ।
७. दरभाउपत्रदाताले सप्लाई गर्ने औषधीहरुमा " निशुल्क उपलब्ध" भन्ने शब्द लेखिएको हुनु पर्नेछ ।
८. दरभाउपत्र सम्बन्धी अन्य शर्तहरू दरभाउपत्र फारममा उल्लेख भए बमोजिम हुनेछन् ।
९. प्राप्त दरभाउपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
१०. यस सम्बन्धी अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरीद नियमावली, २०६४ र अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत