दुग्ध विकास संस्थान (नेपाल सरकारको स्वामित्व भएको)
केन्द्रीय कार्यालय, लैनचौर
पशु दाना उत्पादनका कच्चा पदार्थ खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना
( बोलपत्र सूचना नं. DDC / CFRM / 081/082-6)
(प्रथम पटक प्रकाशन मिति २०८२।०१।११)
१. यस संस्थानको हेटौँडास्थित पशु आहारा उत्पादन कारखानाबाट पशु दाना उत्पादनका लागि संस्थानको स्पेशिफिकेशन बमोजिम तपसिलको कच्चा पदार्थहरू खरिद गर्नुपर्ने भएकोले खाद्यान्न सामग्रीको व्यवसाय गर्न सम्बन्धित निकायमा दर्ता भएका आपूर्तिकर्ताहरूबाट कच्चा पदार्थ आपूर्ति गर्न विद्युतीय बोलपत्र आह्वान गरिएको छ ।

२. सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उपलब्ध भएको ई-बिडिङको अन्तरिम पोर्टल https://www.bolpatra.gov.np/egp मा login गरी प्राप्त निर्देशन अनुसार ईच्छुक बोलपत्रदाताले भाग लिन सक्नेछन् ।
३. बोलपत्रदाताले माथि उल्लिखित प्याकेजहरूमध्ये कुनै एक प्याकेजको सामान सप्लाईका लागि मात्र पनि विद्युतीय बोलपत्र दिन सकिनेछ । बोलपत्र फाराम दस्तुर बापतको रकम एउटा प्याकेजको रु.३,०००/- (पछि फिर्ता नहुने) र दुई प्याकेजका लागि रु. ५,०००/- हिमालयन बैंक लिमिटेड, ठमेलमा रहेको यस संस्थानको खाता च.हि.नं. ०१९०००४०९२००२६ मा जम्मा गरेको बैंक भौचरको Scanned Copy https://www.bolpatra.gov.np/egp मा upload गर्नुपर्नेछ। यसरी सहभागी हुने बोलपत्रदाताले बोलपत्रसाथ पेश गर्नुपर्ने कागजातहरूको Scanned copy समेत upload गर्नुपर्नेछ ।
४. बोलपत्र खोलिएको दिनदेखि गणना हुने गरी कम्तीमा ९० दिनसम्मका लागि बोलपत्र मान्य हुनुपर्नेछ । बोलपत्र जमानत वापत वोलपत्र साथ आफूले कबोल गरेको कुल रकमको २.५ (अढाई ) प्रतिशतले हुने रकम यस संस्थानको उल्लिखित खातामा जम्मा गरेको सक्कल बैंक भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिन मान्य अवधि भएको इजाजत प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाबाट जारी भएको fasaण्ड ( बैंक जमानत ) पेश गर्नुपर्नेछ ।
५. बोलपत्रदाताहरूले यो सूचना प्रकाशित मितिले ३० औं दिन अर्थात् मिति २०८२।०२।०९ गते दिनको १२.०० बजेभित्र PDF Format मा Upload गर्नुपर्नेछ । भएका बोलपत्रहरू सोही दिनको १.०० बजे दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय, लैनचौरमा खोलिनेछ ।
६. बोलपत्रदाताले पेश गरेको बोलपत्र खोल्ने समयमा ई बिड दर्ता भएको नदेखिएमा वा Upload गरिएका फाईल Unreadable Format वा Corrupted भएमा मूल्याङ्कनमा समावेश गरिने छैन ।
७. बोलपत्र खरिद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो बिदा पछि कार्यालय खुलेको पहिलो दिन सोही समयमा उक्त कार्य हुनेछ ।
८. यस सूचना तथा बोलपत्रमा उल्लेख नभएका कुराहरूको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ (संशोधन सहित) र संस्थानको आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ बमोजिम हुनेछ ।
९. बोलपत्र स्वीकृत गर्ने वा रद्द गर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थानमा निहित रहनेछ ।