राजर्षि जनक विश्वविद्यालय
केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र
जनकपुरधाम, नेपाल
सवारी साधन खरिद सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०१/०७
यस केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रको लागि ०१ (एक) थान फोर ह्वीलर डबल क्याविन पीकप गाडी आवश्यकता भएको हुँदा इच्छुक फर्म, संस्था, कम्पनी वा निर्माता कम्पनीका अधिकृत विक्रेताहरुबाट तपसिल बमोजिमका शर्तहरुको अधिनमा रहि के कति दररेटमा उक्त गाडी उपलब्ध गराउन सकिन्छ, यो सूचना प्रकाशन भएको मितिले ३५ दिन सम्म रितपुर्वकको शिलवन्दी बोलपत्र पेश गर्न हुन आह्वान गरिन्छ ।
- बोलपत्र दस्तुर बापतको तपशिल बमोजिमको रकम (फिर्ता नहुने गरि) बुझाई आ.व. ०८१|०८२ को फर्म नविकरण भएको इजाजत पत्र आ.व. ०८०|०८१ को कर चुक्ता प्रमाण पत्र तथा मुल्य अभिबृद्धि कर दर्ता भएको प्रमाणित प्रतिलिपिका साथ सुचना प्रकाशित भएको मितिले उल्लेखित म्याद भित्र यस कार्यालयको प्रशासन शाखाबाट कार्यालय समय भित्र दरभाउपत्र खरिद गर्न सकिने छ ।
- खरिद गरिएको बोलपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३५ औं दिनको कार्यालय समयको ०५:०० बजे भित्र यस कार्यालयको प्रशासन शाखामा दर्ता गराई सक्नुपर्ने छ । म्याद भित्र दर्ता भएको बोलपत्र, अन्तिम दिनको भोली पल्ट दिउँसो ०२:०० बजे यस कार्यालय तथा बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिने छ । बोलपत्र दाताहरुको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
- बोलपत्र खरिद, दर्ता र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको लगतै कार्यालयको खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।
- बोलपत्र जमानत बापत कबुल अंकको २.५% धरौटी रकम (पछि फिर्ता हुने गरी) रा. बा. बैंक लि., केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्रको नाममा पिडारी शाखाको १५२०१००००२७१९००१ खातामा जम्मा गरेको सक्कल भाउचर वा 'क' वर्गको नेपाली बैंकले यस कार्यालयको नाममा जारी गरको कम्तीमा ९० दिनको बैंक जमानत ( बैंक ग्यारेन्टी) पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाताले दरभाउपत्रमा मुल्य अभिबृद्धि कर बाहेक को दररेट उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिनेछ । केरमेट भएको ठाँउमा बोलपत्रदाताको सहि छाप अनिवार्य हुनुपर्नेछ ।
- यस कार्यालयको हितलाई ध्यानमा राखि बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- बोलपत्र स्वीकृत भएपछि सम्झौता गर्नु अगावै कबुल अंकको ०५ प्रतिशत (पछि फिर्ता हुने गरी) ले आउने नगद जमानत रकम यस कार्यालयको खातामा जम्मा गरेको सक्कल भाउचर वा मान्यता प्राप्त नेपाली बैंक बाट जारी भएको परफरमेन्स बण्ड पेश गर्नुपर्नेछ ।
- शिलबन्दी बोलपत्रको कागजात पेश गर्दा खाममा स्पष्ट संग कार्यालयको नाम, कामको विवरण तथा बोलपत्रदाताको नाम र ठेगाना खुलाई शिलबन्दी गरिएको हुनुपर्नेछ ।
- म्याद नाघी आएको, रित नपुगेको र शर्त राखिएको बोलपत्र उपर कुनै कार्यवाही गरिने छैन ।
- एक फर्मको नाममा खरिद भएको बोलपत्र फारम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।
- यसमा उल्लेखित बाहेक अन्य विषयहरुको हकमा रा. ज. वि. वित्तिय व्यवस्थापन तथा नियमावली २०७५, परिच्छेद ३० तथा सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ बमोजिम हुनेछ ।
- अन्य थप कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।
द्रष्टव्य : थप जानकारीको लागि यस कार्यालयको website : www.rju.edu.np/exam मा हेर्न सकिन्छ ।
तपशिल

संयोजक