Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Apr 09, 2025
Deadline : May 11, 2025, noon
Type : Bolpatra

औषधि, मेडिकल तथा सर्जिकल सामानहरु खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना

औषधि, मेडिकल तथा सर्जिकल सामानहरु खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८१ चैत्र २७

जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपालद्वारा संचालित कीर्तिपुर अस्पतालका लागि आवश्यक औषधि, मेडिकल तथा सर्जिकल सामानहरु तथा सामाग्रीहरु सप्लाई गर्न ईच्छुक फर्महरुले बोलपत्र फारममा उल्लेखित शर्तहरु सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) औं दिन २०८२ वैशाख २६ को १२:०० बजे भित्र नक्साल, काठमाण्डौं स्थित सानिमा बैंक लिमिटेडमा रहेको खाता नम्बर ९०९०१००१०००००४३ A / C Name: Public Health Concern Trust (PHECT NEPAL) मा तोकिएको दस्तुर बुझाएको भौचर (फिर्ता नहुने गरी) फर्म दर्ता प्रमाण पत्र ( औषधिको हकमा औषधि व्यवस्था विभागमा दर्ता तथा अद्यावधिक गरेको प्रमाणपत्र), पान / भ्याट दर्ता प्रमाण पत्र तथा आ.ब. २०८० २०८१ को कर चुक्ताको प्रतिलिपिहरु पेश गरी संस्थाको बागबजार बुढाबुढी कम्प्लेक्स स्थित खरिद विभागबाट बोलपत्र फारम लिई नियमानुसार भरी बुझाउनु पर्नेछ ।

साथै बोलपत्र दर्ता गर्दा आफुले कबोल गरेको ठेक्का रकमको २५ प्रतिशतको दरले हुन आउने रकम वीडवण्ड ( Bid Bond) सुरक्षण जमानत रकम नक्साल, काठमाण्डौं स्थित सानिमा बैंक लिमिटेडमा रहेको खाता नम्बर ९०९०१००१०००००४३ A / C Name: Public Health Concern Trust (PHECT NEPAL) मा नगद जम्मा गरेको सक्कल भौचर वा जनस्वास्थ्य सरोकार ट्रष्टको नाममा जारी भएको बैड जमानत पत्र पेश गर्न अन्तिम मिति देखि गणना हुने गरी १२० दिन म्याद भएको नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त (क) वर्गको वाणिज्य बैंकले जारी गरेको जमानत पत्र (बीडबण्ड) पेश गर्नु पर्नेछ । म्याद नाघि आएको र रितपूर्वक नआएको बोलपत्रहरु माथि कुनै कारवाही गरिनेछैन । यस बारेमा थप जानकारी चाहिएमा बागबजार, कुमारी मार्ग स्थित यस संस्थाको खरिद विभागमा सम्पर्क गरी बुझ्न सकिनेछ । दर्ता भएका बोलपत्रहरु निम्नानुसारको समय र मितिमा खोलिनेछ ।


Search, Apply & Get Job: FREE