Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Type : Bolpatra
Published Date : Mar 07, 2025
Deadline : March 20, 2025, noon
Type : Bolpatra

घर भाडामा लिने सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

नेपाल बैंक लिमिटेड
प्रधान कार्यालय
सामान्य सेवा विभाग

घर भाडामा लिने सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।

(प्रथम पटक प्रकाशित मिति: २०८१।११।२३)

यस बैंकको खस्यौली शाखा तथा लुम्बिनी प्रादेशिक कार्यालय स्थानान्तरणका लागि हाल सञ्चालनमा रहेको खस्यौली शाखाको आसपास (२०० मिटर दूरी र वडा नं. ४ भित्र पर्ने) को मूल सडकमा रहेको भवनहरूको शाखाका लागि ३५००-४००० वर्गफुट क्षेत्रफल र प्रादेशिक कार्यालयका लागि । १०००-१२०० वर्गफुट क्षेत्रफलसम्म कार्पेट एरिया भएको घर / फ्ल्याट आवश्यकता भएकोले घर बहालमा दिन इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले तोकिए बमोजिमको ढाँचामा सिलबन्दी प्रस्ताव पेश गर्नुहुन अनुरोध गरिन्छ । उक्त सिलबन्दी दरभाउपत्र बैंकको प्रधान कार्यालय सामान्य सेवा विभाग, भूगोल पार्क, काठमाडौँमा मिति २०८१/१२/०७ गते दिउँसो १२:०० बजे खोलिनेछ ।

तपसिल

क) प्रस्तावित क्षेत्र :

१. हाल सञ्चालनमा रहेको खस्यौली शाखाको आसपासको मूल सडकमा रहेका भवनहरू (२०० मिटर दूरी र वडा नं. ४ भित्र पर्ने भवनहरू) । 
२. शाखाका लागि ३५००-४००० वर्गफुट क्षेत्रफल र प्रादेशिक कार्यालयका लागि १००० - १२०० वर्गफुट क्षेत्रफल ।

ख) आवश्यक सर्त / सुविधाहरू :

१. प्रस्तावित घर RCC Frame Structure को हुनुपर्नेछ ।
२. खानेपानी बाहेक अन्य पानी व्यवस्था भएको हुनुपर्नेछ । बत्ती र मोटर बाटोको व्यवस्था भएको हुनुपर्नेछ ।
३. भवनको भुइँ तलामा ATM र जेनेरेटर राख्ने स्थान उपलब्ध भएको हुनुपर्नेछ ।
४. सम्बन्धित निकायबाट घरको नक्सा पास भएको तथा निर्माण सम्पन्न प्रमाणपत्र लिएको हुनुपर्नेछ ।
५. सडक निर्माणको मापदण्डभित्र नपर्ने भएको हुनुपर्नेछ ।
६. प्रस्तावित घरको सम्बन्धमा कुनै प्रकारको झै-झगडा तथा मुद्दा मामिला नभएको हुनुपर्नेछ ।
७. घर भाडामा दिने न्यूनतम समयावधि १० वर्ष र त्यसपछि नवीकरण गर्न सकिनेछ ।
८. फर्म तथा कम्पनीको नाममा रहेको घर भाडामा दिने भएमा फर्म दर्ता प्रमाण पत्र, PAN तथा सञ्चालक समितिको निर्णय पेश गर्नुपर्नेछ । 
९. निःशुल्क पार्किङ सुविधा सहितको प्रस्तावित घरलाई विशेष ग्राह्यता दिइनेछ ।

ग) दरखास्तका साथ संलग्न हुनुपर्ने कागजातहरू :

१. प्रस्तावित मासिक घर भाडा रकम (कर समेत) स्पष्ट रूपमा खुलाइएको घरधनीको प्रस्ताव ।
२. घर जग्गाको ब्लु प्रिन्ट तथा ट्रेस नक्सा |
३. घर भएको क्षेत्र स्पष्ट देखिने लोकेसन म्याप नक्सा |
४. घरको नाप सहितको नक्सा तथा नक्सा बमोजिमको घर हुनुपर्नेछ ।
५. भवन आचार संहिता सहितको Structural Drawing
६. घरको फोटो र घरको स्वीकृत नक्सा पासको प्रमाणपत्र र निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि ।
७. लाल पुर्जा तथा घर धनीको नागरिकताको प्रतिलिपि ।

नोट :

१. सिलबन्दी प्रस्ताव ढाँचा (निवेदन फाराम ) यस बैंकको सामान्य सेवा विभाग वा बैंकको वेबसाइट https://www.nepalbank.com.np/notice बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

२. उपरोक्त सम्बन्धमा थप जानकारी आवश्यक भएमा यस बैंकको प्रधान कार्यालयको सामान्य सेवा विभागको टेलिफोन ०१-५९७१२११ (एक्स्टेन्सन नं. ११४, २५६) मा सम्पर्क गर्न सकिनेछ ।

३. प्राप्त भएका प्रस्तावहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस बैंकमा निहित रहनेछ । साथै स्वीकृत / अस्वीकृत प्रस्तावमा कारण दिन बैंक बाध्य हुनेछैन ।


Search, Apply & Get Job: FREE