शिलवन्दी दरभाउ पत्र आह्वान गरिएको सूचना

त्रिभुवन विश्वविद्यालय
चिकित्साशास्त्र अध्ययन संस्थान
पोखरा नर्सिङ्ग क्याम्पस
पोखरा-१२, रामघाट, फोन नं. ०६१-५७०४३८ ५७०४८५

शिलवन्दी दरभाउ पत्र आह्वान गरिएको सूचना !

यस पोखरा नर्सिङ क्याम्पसको छात्रावासको किचन तथा डाइनिङ हल माथिको पुरानो टिनको छाना निकालेर नयाँ टिनको छाना छाई मर्मत कार्य गर्नु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त फर्महरुबाट निम्न लिखित शर्तहरुको अधिनमा रही शिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू :

१) शिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म कार्यालय समय भित्र रु.१०००/- फिर्ता नहुने गरी नेपाल बैंक लिमिटेड पोखरा नर्सिङ क्याम्पसको खाता नं ०० ९००१००५६३१९४०००००५ मा जम्मा गरेको बैंक भौचर पेश गरि खरिद गर्न सकिनेछ । 

२) शिलवन्दी दरभाउपत्र खरीद गर्दा वा पेश गर्दा चालु आ.व. २०६१/०६२ को लागि नवीकरण भएको इजाजत पत्रको प्रतिलिपी, आयकर एवं मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्रमाणीत प्रतीलिपी, आ.व २०८० २०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतीलिपी र स्थाई लेखा नम्बरको प्रतिलिपि अनीवार्य पेश गर्नु पर्नेछ ।

३) शिलवन्दी दरभाउपत्र पेश गर्दा 'क' वर्गको बैंकमा आफुले कवोल गरेको रकमको २.५% बैंक जमानत वा ने. वै.लि. तेर्सापट्टीमा रहेको पोखरा नर्सिङ क्याम्पसको खाता नं ००९००१००५६३१९४००००३ मा नगदै जम्मा गरेको सक्कल बैंक भौचर अनिवार्य पेश गर्नुपर्ने छ ।

४) सूचना प्रकाशन भएको मितिले १५ औं दिनमा कार्यालय समय भित्र लाहाछाप लगाई शिलबन्दि कोटेशन पेश गरिसक्नु पर्नेछ ।

५) म्याद समाप्त भएको भोलिपल्ट दिनको १:०० बजे शिलबन्दी कोटेशन खोलिने छ । उक्त दिनमा प्रस्तावकहरु उपस्थित हुनुपर्ने छ । यदि उपस्थित नभएको खण्डमा प्रस्ताव खोल्न कुनै बाधा पुग्ने छैन ।

६) शिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम दिन अथवा खोलिने दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन बुँदा नं. ५ बमोजिम नै हुनेछ ।

७) अन्य जानकारिको लागि यस क्याम्पसमा कार्यालय समय भित्र फोन नं ०६१-५७०४३८, ०६१-५५१०५४ मा सम्पर्क गर्न सकीनेछ वा कार्यालयको वेवसाइट ponc.tu.edu.np मा सूचना हेर्न सकिनेछ ।

८) यसमा उल्लेखित कुराहरु वाहेकका अन्य विषयमा त्रिवि आर्थिक व्यवस्थापन तथा खरीद सम्बन्धि नियम २०५० (शंसोधन सहित) तथा सार्वजनिक खरीद ऐन तथा नियमावली २०६४ बमोजिम हुनेछ ।

क्याम्पस प्रमुख


Search, Apply & Get Job: FREE