राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको
स्टेसनरी तथा कार्यालय सामान खरिद सम्बन्धी बोलपत्रको सूचना
Invitation for Bids No.: NCB / NEB /1/2081/082
(प्रथम पटक प्रकाशित मिति: २०८१६ १६)
राष्ट्रिय परीक्षा बोर्डमा चालू आ.व. का लागि आवश्यक स्टेसनरी तथा कार्यालय सामान खरिद गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक उद्योग, फर्म वा कम्पनीहरूले निम्न सर्तहरूको अधीनमा रही विद्युतीय खरिद प्रणाली मार्फत मात्र बोलपत्र खरिद गरी रीतपूर्वक बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरू:
१. बोलपत्र दाताहरूले बोलपत्र विद्युतीय माध्यमबाट मात्र खरिद गरी सोही माध्यमबाट दाखिला गर्नुपर्नेछ । सोका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-गभर्मेन्ट प्रोक्युरमेन्ट पोर्टल http://www.bolpatra.gov.np बाट डाउनलोड गर्न सकिनेछ । बोलपत्र दाताले बोलपत्र सम्बन्धी कागजातहरूको दस्तुर (शर्त नं. ११ मा उल्लिखित) बोर्डको सानोठिमीस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता च.हि.नं. १७३०१००००००१३००१ मा जम्मा गरेको भौचर अपलोड गर्नुपर्नेछ ।
२. बोलपत्र दाताले शर्त नं. ११ मा उल्लेख गरिएको रकम बराबरको बिडबन्ड रा. वा. बैंक सानोठिमीस्थित बोर्डको धरौटी खाता नम्बर च.हि.नं. १७३०१००००००१५००१ मा नगदै वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि गणना हुने गरी घटीमा १२० (एक सय बीस) दिन म्याद भएको वाणिज्य बैंक वा वित्तीय संस्थाबाट जारी भएको जमानत पत्र पेश गर्नुपर्नेछ ।
३. बोलपत्र मिति २०८१/७/२५ गते दिनको १२:०० बजेभित्र दाखिला गरिसक्नुपर्नेछ । सो दिन विदा परेमा पछि लगत्तै कार्यालय खुल्ने दिन अन्तिम दिन मानिनेछ ।
४. बोलपत्रहरू मिति २०६१।७।२५ गते दिनको १३:०० बजे बोलपत्र दाता वा निजको प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । बोलपत्र दाताहरूको उपस्थिति नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन ।
५. बोलपत्रमा दररेट अङ्क र अक्षर दुवैमा स्पष्ट खुल्ने गरी लेख्नुपर्नेछ । अङ्क र अक्षरमा दररेट फरक परेमा अक्षरलाई मान्यता दिइनेछ ।
६. कुनै शर्त राखी पेश गरेको बोलपत्रहरू उपर कुनै कारबाही गरिनेछैन ।
७. बोलपत्र स्वीकृत गर्ने तथा नगर्ने सम्पूर्ण अधिकार यस बोर्डमा सुरक्षित रहनेछ ।
८. बोलपत्र ग्राह्यता सम्बन्धी कागजातमा निम्नलिखित कागजातहरू अपलोड गर्नुपर्नेछ ।
- फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र ।
- व्यवसाय दर्ताको इजाजत पत्र ( नवीकरण सहित ) । (ग) मू.अ. कर र स्थायी लेखा नं. (प्यान) प्रमाणपत्र ।
- आ.व. २०८०/२०८१ को कर चुक्ता गरेको प्रमाणपत्र वा म्याद थपको प्रमाण ।
- स्वघोषणा र अख्तियारी पत्र ।
- बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएका अन्य कागजात तथा विवरणहरू ।
९. रीत नपुगी वा म्याद नाघी पेश हुन आएको बोलपत्रमा कुनै कारवाही गरिनेछैन ।
१०. बोलपत्र दाताको योग्यता, अनुभव, बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनुपर्नेछ ।
११. बोलपत्र सम्बन्धी विवरण:-
- खरिद नम्बर : NCB/ NEB /1/2081/082
- खरिद विवरण : स्टेसनरी तथा कार्यालय सामान खरिद
- बोलपत्र दस्तुर : ३,०००/-
- बोलपत्र जमानत रकम : ९०,०००/-
थप जानकारीका लागि बोर्डको आन्तरिक प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ । सम्पर्क नं.: ६६३०८४८