Human And National Development Society (HANDS) Nepal

NGO / INGO / Development Projects

Tender Category : NGO / INGO/ Social Work
Published Date : May 13, 2024
Deadline : May 26, 2024, 5 p.m.

सिलवन्दी टेण्डर आह्वान

मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल
कमलामाई नगरपालिका वडा नं. ६ ,सिन्धुली
सिलवन्दी टेण्डर आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८१ बैशाख ३१ गते सोमबार

मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुली र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित "Girls Standing Strong (GSS)" परियोजनाले परियोजना संचालित क्षेत्रका सिन्धुली जिल्लाका बिद्यालयहरुमा गुणस्तर शिक्षाका लागि ECD Kit Set दिने योजना भएकालेमान्यता प्राप्त फर्म / सप्लायर्सले देहायका शर्तहरुको अधिनमा रही शिलवन्दी टेण्डर पेश गर्न आह्वान गरिन्छ ।

शर्तहरु:

  • सूचना प्रकासन भएको दिनले १४ औँ दिन मिति २०८१ जेठ १३ गते दिउँसोको ५ बजे सम्ममा सिलवन्दी टेण्डर फारम (HANDS) नेपालको शाखा कार्यालय सिन्धुलीमा प्रत्यक्ष उपस्थित भई निवेदन दिएर वा इमेल मार्फत निबेदन दिएर लिन सकिने छ ।
  • टेण्डर फाराम प्राप्त गर्ने वा पेश गर्ने कार्यका लागि फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि तथा नविकरणका कागजात सहित फारम माग र पेश गर्नुपर्ने छ ।
  • माथी उल्लेखित सामाग्रीहरु शिलबन्दी माग फारममा उल्लेखित स्थान सम्म पुर्याउनुपर्ने भएकोले ढुवानी तथा अन्य खर्च समेत सम्वन्धीत आइटममा समाबेश गर्नु पर्ने छ । खरिद गर्ने सामाग्रीे विवरणहरुको सूची र पुर्याउनुपर्ने स्थानहरुको नाम र ठेगाना शिलवन्दी टेण्डर फाराममा उल्लेख गरिने छ ।
  • सिलवन्दी टेण्डर पेश गर्ने फर्म / सप्लायर्सले सिलवन्दी टेण्डरमा भएका सबै आइटम/सेवाहरुको मूल्य अंकमा, अक्षरमा स्पष्ट उल्लेख गरि कार्यालयमा पेश गर्नुपर्ने छ । उल्लेखित सामग्रीहरुको दररेट केरमेट भएको पाइएमा अक्षरलाई मान्यता दिइनेछ ।
  • शिलबन्दी टेण्डर बुझाउने / पेश गर्ने अन्तिम दिन मिति २०८१ जेठ १४ गते अपराहृन्नको १२ः०० बजे सम्म (प्रत्यक्ष उपस्थीत / कुरियर / अन्य) माध्यम मार्फत सक्कल कपी कार्यलयमानै बुझाउनु पर्नेछ ।
  • पेश भएका सिलवन्दी टेण्डर मिति २०८१ जेष्ठ १४ गते दिनको २ः०० बजे संस्थाको कार्यालयमा खोलिने छ । फर्म / सप्लायर्सका प्रतिनिधिहरु उपस्थित नहुँदा पनि टेण्डर खोल्न कुनै बाधा हुने छैन ।
  • सिलबन्दी टेण्डर फारम पेश गर्ने अन्तिम दिन / खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट / कार्यालय खोलिने दिन (सार्वजनिक बिदा नपरेको दिन) पेश गर्न र खोल्न सकिने छ।
  • म्याद नाघि आएका वा रित नपुर्याई पेश भएका सिलवन्दी टेण्डर माथि कुनै कारवाही गरिने छैन।
  • एक व्यक्ति, फर्म / सप्लायर्सले कारोबार इजाजतको आधारमा सामानहरुको शिलबन्दी टेण्डर फारम माग गर्न वा दररेट सहितको फारम पेश गर्न सकिनेछ र सोही अनुसार प्रतिस्पर्धा गरि फर्म तथा सप्लार्यसहरु छनौट गरिने छ ।
  • माथी उल्लेखित बुँदाका सामाग्री तथा सेवाहरु यस आ.व.का भरीका लागि आह्वान गरिएको छ । यसै शिलवन्दी टेण्डरमा उल्लेखित दररेटलाई आधारमानी सप्लायर्सले यस आ.व.का लागि उक्त सामाग्री सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ । साथै, आंसिक वा पूर्ण खरीद गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।
  • सिलबन्दी टेण्डरमा उल्लेखित सामाग्री आंशिक खरिद गर्ने वा पुरा खरिद गर्ने तथा पेश भएका फर्म / सप्लायर्सहरुलाई प्रक्रियामा समाबेश गर्ने वा नगर्ने वा छनौट गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ।
  • सामाग्री खरिद गर्दा वा फर्म सप्लायर्स छनौट गर्दा मूल्यका अतिरिक्त उच्च गुणस्तर / ब्राण्डलाई आधारमानी खरिद गर्न सकिने छ ।
  • टेण्डर पेश गर्ने फर्म / सप्लायर्सले शिलवन्दी टेण्डर फारम बुझाउनेदिन तोकिएको सामाग्रीहरुको नमुना रबगीन चित्र अनिवार्य टेण्डर फर्म संगै कार्यालयमा पेश गर्नु पर्ने छ । उक्त सामाग्रीको नमुना लिष्ट शिलबन्दी टेण्डर फारममा उल्लेख गरिने छ । साथै, सामाग्रीको स्पष्ट विवरण खुल्नेरबगीन नमुना चित्र / ब्राण्ड / विवरण पेश नगर्ने फर्म वा सप्लायर्सलाई छनौट प्रक्रियामा समाबेश गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुने छ ।
  • टेण्डर पेश गर्ने फर्म / सप्लायर्सले आफुले कबोल गरेको जम्मा रकमको २.५ प्रतिशत रकम BID AMOUNT को रुपमा (HANDS) नेपालको राष्ट्रिय बाणिज्य बैक सिन्धुली शाखामा रहेको चल्ती खाता नं. 1060100015887001 र खाता नाम अग्रेजीमाः MANAB TATHA RASTRIYA SAMAJ [HANDS] मा जम्मा गरी भौचर फारम वा सो रकम बराबरको बैक ग्यारेन्टी (कम्तिमा ३ महिना अवधिको) पत्र सहित शिलबन्दी दररेट अनिवार्य पेश गर्नुपर्ने छ । बैंक ग्यारेन्टीलाई बढी प्राथमिकता दिइने छ । यदि फर्म / सप्लायर्सले आफुले कबोल गरेको रकम वा बस्तुको बिशेषता अनुसार टेण्डरमा छनौट भएपछि बस्तु, सेवाको आपूर्ति गर्न नसक्ने भए वा प्रक्रियागत झन्झट सिर्जना गराएमा BID AMOUNT जफत गर्न सकिनेछ ।

सम्पर्कका लागि ः
मानव तथा राष्ट्रिय विकास समाज
(HANDS), नेपाल
कमलामाई नगरपालिका–६, २ नं बजार, सिन्धुली
सम्पर्क : ०४७–५२०९६७
इमेल ठेगाना : [email protected]


Search, Apply & Get Job: FREE