Newspaper Tender

Source: Annapurna Post

प्रसुती केन्द्रमा आवश्यक औजार उपकरणको खरिद तथा व्यवस्थापन

प्रदेश सरकार 
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय 
स्वास्थ्य कार्यालय नुवाकोट
बागमती प्रदेश, नेपाल 
शिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०७९/०२/०६ 

स्वास्थ्य कार्यालय नुवाकोटको आ.व.२०७८/०७९मा आवश्यक पर्ने प्रसुती केन्द्र सबलीकरण आयोजनालाई आवश्यक सामानहरु शिलबन्दी दरभाउ पत्रद्वारा खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त इच्छुक फर्म तथा कम्पनीहरुको लागि यो सूचना आह्वान गरिएको छ। 

तपशिल: 

१. शिलबन्दी दरभाउपत्र पेश गर्दा आवधिक नवीकरण गरेको आयकर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि करदातामा दर्ता भएको प्रमाण पत्र, सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद ५ को नियम ४०(ख) मा उल्लेख भए बमोजिमको व्यवसाय दर्ताको इजाजत पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न हुनु पर्नेछ । 

२. शिलबन्दी दरभाउपत्रदाताले ग्राह्यता सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद ५ को नियम ४०(२) बमोजिमको हुनु पर्नेछ । सो नियममा उल्लेख भएका ग्राह्यता तथा कागजात पेश नगर्ने शिलबन्दी दरभाउपत्रदाताको शिलबन्दी दरभाउपत्र मूल्यांकनमा समावेश गरिने छैन । 

३. तल उल्लेखित जमानत वापतको रकम ने.बैं.लि., त्रिशुली नुवाकोटमा रहेको प्रदेश लेखा ईकाइ कार्यालय नुवाकोटको एकल धरौटी खाता ०२६०२०००००२००३०००००१ र यस स्वास्थ्य कार्यालय, नुवाकोटको कार्यालयको कोड नं.३५००२२९०२३ मा धरौटी जम्मा गरेको सक्कलै बैंक भौचर वा यस स्वास्थ्य कार्यालय नुवाकोटको नाममा जारी भएको ७५ दिनको नेपाल सरकारको मान्यता प्राप्त बैंकको विडवण्ड पेश गर्नु पर्नेछ । तल उल्लेखित धरौटी रकम भ्याटसहित उल्लेख छ। 

४. शिलबन्दी दरभाउपत्रदाताले दररेट पेश गर्दा अंक र अक्षर दुवैमा प्रष्ट लेख्नु पर्नेछ । अंक र अक्षरको व्यहोरा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइने छ।

५. शिलबन्दी दरभाउपत्र फाराम यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वास्थ्य कार्यालय नुवाकोटको कार्यालयबाट कार्यालय समयमा खरिद गरी सक्नु पर्नेछ । खरिद गरिएको शिलबन्दी दरभाउपत्र १६औं दिनको १२:०० बजेभित्र र बिदा परे सो दिनको भोलिपल्ट यस कार्यालयमा दर्ता गर्नु पर्नेछ। 

६. पेश हुन आएका शिलबन्दी दरभाउपत्र सोही दिनको २:०० बजे ठेकेदार वा निजको प्रतिनिधि र कार्यालयका प्रतिनिधिको रोहवरमा यस कार्यालयमा खोलिने छ । ठेकेदार वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र/शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन । 

७. शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यसै कार्यालयमा निहीत हुनेछ। 

८. ठेक्का सम्झौता अवधिभित्र मूल्य वृद्धि भएमा वृद्धि अनुसारको मूल्य दिइने छैन । 

९. शिलबन्दी दरभाउपत्र फारममा दर उल्लेख गर्दा मूल्य अभिवृद्धि कर बाहेकको दर रकम उल्लेख गर्नु पर्नेछ, शिलबन्दी दरभाउपत्र साथ कार्यालयले शिलबन्दी पत्रसाथ संलग्न गरेको स्पेशिफिकेशन अनुसारको दररेट पेश गर्नु पर्नेछ। 

१०.यो सूचनामा उल्लेख हुन छट भएका अन्य कुराहरुको हकमा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ । 

११. अन्य जानकारीको लागि कार्यालय समयभित्र स्वास्थ्य कार्यालय, नुवाकोटको फोन न.०१०५६०२५५ मा सम्पर्क राख्न सकिनेछ।

क्र.स.ठेक्का नं.कामको विवरणधरौटी रकम रु.शिलबन्दी दरभाउपत्र दस्तुर रु.
१/०७८/०७९प्रसुती केन्द्रमा आवश्यक औजार उपकरणको
खरिद तथा व्यवस्थापन
४८,०००/-रु. १०००/(एक हजार रुपैयाँ मात्र)
२/०७८/०७९नवजात शिशु स्याहार कर्नरको स्थापनाको
लागि औजार उपकरण खरिद
४८,०००/-रु.१०००/(एक हजार रुपैयाँ मात्र)


Search, Apply & Get Job: FREE