Accountant

Eternal Hope Nepal (EHN), established in 2069 BS, is a national level non-governmental, non-political and non-profit making organization. It is registered under organization registration act 2034 BS in District Administration Office Chitwan and affiliated with Social Welfare Council (SWC) of Nepal. Eternal Hope Nepal provides education to impoverished children and families in Nepal. Through empowerment support, and education, we hope to create literate, healthy, and self-sufficient communities that benefit their communities and nations. We think that one of the most effective tools for changing the world is education. The path to endless possibilities is opened by education.

Eternal Hope Nepal (EHN), established in 2069 BS, is a national level non-governmental, non-political and non-profit making organization. It is registered under organization registration act 2034 BS in District Administration Office Chitwan and affiliated with Social Welfare Council (SWC) of Nepal. Eternal Hope Nepal provides education to impoverished children and families in Nepal. Through empowerment support, and education, we hope to create literate, …

Accountant

Views: 2052 | This job is expired 8 months ago

                                                                      अनन्त आशा नेपाल, चितवन
                                                                 कर्मचारी आवश्यकता सम्बन्धि सूचना
                                              सूचना प्रकाशन मितिः २०८१/०७/०८, अन्तिम मितिः २०८१/०७/२२ 

अनन्त आशा नेपाल २०६९ सालमा चितवन जिल्ला प्रशासनमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएको गैरनाफामुलक संस्था हो । संस्थाद्वरा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासंगको सहयोगमा स्थानिय सरकारसंगको समन्वयमा आर्थिकतथा सामाजिक रुपमा विपन्न,अल्पसंख्यक, पछाडीपरेका वा अवसरबाट बञ्चित समुदाय तथा सामुदायिक बिद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई सुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदानमा सहयोग एवम् महिला तथा युवाहरुलाई सीपविकास सम्बन्धी तालीम, जनचेतना मुलक कार्यक्रमहरु विगत १२ वर्ष देखि चितवनमा संचालन गर्दै आएको छ । हालयस संस्थाद्धारा चितवन र धादिङ जिल्लामा संचालित सर्वाङ्गीण सामुदायिक विकासका लागि तालिम शिक्षा र उद्यमशिलता (टेको) परियोजनाका लागि तल उल्लेखित पदमा कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आपनो व्यक्तिगत विबरण, शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपी सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

१. विज्ञापन नं.: ०१/०८१/०८२

क) पद : लेखापाल

ख) आवश्यक संख्या: १ जना

२. कार्य बिवरण :

अनन्त आशा नेपाल बिगत १२ वर्ष देखि समुदायको बिचमा बिबिध किसिमका कामहरु संचालन गर्दै आइरहेको एक गैर सरकारी मुनाफा रहित संस्था हो । लेखापाल संस्थामा आबद्ध कर्मचारीहरूको टिममा सामेल हुने र अनन्त आशा नेपालबाट संचालन भएका कामहरुको प्रभावलाई पारदर्शि,सुशासन र जवाफदेयिताको लागि मद्दत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ । लेखापाल अनन्त आशा नेपालबाट हुने सबै आर्थिक कारोबारको व्यबस्थापकीय भूमिका र निरीक्षणको लागि जिम्मेवार रहन्छ । साथै कार्यक्रम सञ्चालनहरूको लागि वित्तीय योजनामा सहित कार्यान्वयमा आफ्नो मातहतको सुपरभाइजर र आवश्यकता अनुसार कार्यसमितिसँग समन्वय गरि नजिकबाट काम गर्दछ । संस्था र काम प्रति उत्तरदायी भइ खरिद सम्बन्धि ज्ञान, अनुभव, कर सम्बन्धी ज्ञान,अनुभवका साथैसंगठनात्मक वा कम्पनीको बजेट व्यवस्थापनको अनुभव लेखापालमा हुनेछ । लेखापाल सामाजिक न्याय र शुन्य सहनशिलतामा प्रतिबद्धता हुनुपर्दछ।

३. जिम्मेवारी तथा दायित्व:

  • आर्थिक क्रियाकलाप तथा सामाजिक क्रियाकलापहरुका इलेक्टो«निक र हार्ड प्रतिलिपिहरु फाइलिंग प्रणालीलाई व्यबस्थित र अद्याबधिक गर्ने ।
  • संस्थाद्वरा खरिद गरिएका सम्पत्ति अन्य समानकोरेकर्डिङ, सम्पत्ति सामानको कोडिङ तथा स्टोर व्यबस्थापन गर्ने ।
  • कर्मचारीहरुकोव्यबस्थापनका लागि दैनिक हाजिरी र मासिक कार्य प्रगतिकोविबरण तयार गर्ने गराउने ।
  • आवश्यकता अनुसार संस्थाका निति, नियमहरुलाई अद्याबधिक गर्न सहयोग गर्ने ।
  • आवश्यकता अनुसार प्रशासनिक जिम्मेवारीहरु समेत पुरा गर्ने ।
  • दैनिक आर्थिक करोबारको व्यबस्थापन गर्ने ।
  • मासिक, चौमासिक र वार्षिक रुपमा नियमित आर्थिक प्रतिवेदन तयार गर्ने सरोकारवाला निकायमा पेश गर्ने।
  • क्रियाकलाप संचालन तथा आर्थिक कारोबारमा सहयोगी संस्था अनन्त आशा इन्टरनेशनलकोकार्यकारी टिमसंग समेत समन्वय गरि परामर्श गर्ने ।
  • नगद कारोबारको व्यबस्थापन गर्ने, रेकर्ड राख्ने र रसिदको प्रबन्ध गर्ने ।
  • संस्थामा कारोबार हुने तलब र श्रम शुल्क गणनाका साथै कर गणना गरि समयमा नै भुक्तानी गर्ने ।

४.योग्यता र अनुभव :

  • गैरसरकारी क्षेत्रमा कम्तीमा २ वर्षको कार्यअनुभव सहित लेखा व्यबस्थापनमा स्नातक पास गरेको । 

५. सिप र ज्ञान :

  • सम्बन्धित क्षेत्रमा स्नातक उतीर्ण ।
  • कम्पनी र संगठानात्मक बजेट व्यबस्थापनमा अनुभव र लेखा सफ्टवयरको बारेमा ज्ञान ।
  •  लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता ।
  • बलियो पारस्परिक कौशल र रचनात्मक र नविन चिन्तन ।
  •  कम्प्युटर (Microsoft word, excel, power point & internet) सम्बन्धि दक्षता भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण, बजेट निर्माण सम्बन्धि ज्ञान ।
  •  मोटरसाइकल चालाउन सक्ने र लाइसेन्स भएकालाई पहिलो प्राथमिकता दिइने छ ।

६. सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।

७. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म (अन्तिम दिन सार्बजनिक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।

८. परीक्षाको किसिम: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

९. आवश्यक कागजातहरु: आवेदन गरेको पदमा सो को विवरण समेत खुल्ले गरी निवेदन, हाल सालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभव पत्र,हालसालैको पासपोर्ट साइजको २ प्रति फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी संस्थाको कार्यालय काठमाण्डौ महानगरपालिका १३ वाफल,अनन्त आशा नेपालको आरोहण शिक्षालय नीलकण्ठ नगरपालिका ८ रामकोट धादिङ र चितवनमा कालिका नगरपालिका ९ शक्तिखोर वा संस्थाको इमेल [email protected] बुझाउनु पर्ने छ ।

नोट: छनोट सूचिमा (Shortlist) मा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ । रीत नपुगेका,म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । सूचि प्रकाशन तथा छनौट सम्बन्धि अधिकार संस्थामा निहित हुने छ ।

संस्थाको ठेगाना र सम्पर्क नं.: काठमाण्डौ महानगरपालिका १३ वाफल, सम्पर्क नम्बर :९८६३४७५८६२ (माया खाइतु)
नीलकण्ठ नगरपालिका ८ रामकोट धादिङ , सम्पर्क नम्बर: ९८५१०५५४३६ (ध्रुबराज ज्ञवाली)
कालिका नगरपालिका ९ शक्तिखोर चितवन, सम्पर्क नम्बर: ९८४६८२२०१० (यशकुमार प्रजा)

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE