धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Sourya Online
Job Description
Roles and responsibilities of this job

धनगढीमाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनगढी, सिराहा, मधेश प्रदेश, नेपाल
सूचना प्रकाशित मिति: २०८३।०६।०५ गते
यस धनगढीमाई नगरपालिकामा आ.व. २०८३/०८४ का लागि संघीय अनुदानबाट तपसिलमा उल्लेखित पदहरूमा देहायबमोजिमका कर्मचारीहरू सेवा करारमा नियुक्त गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र दरखास्त दिनुपर्नेछ। दरखास्त साथ रु. १,०००।– (एक हजार रुपैयाँ मात्र) दस्तुर बुझाएको रसिद संलग्न गर्नुपर्नेछ।
विज्ञापन नं. २०८३/०८४/०१
पद: पशु चिकित्सक
न्यूनतम शैक्षिक योग्यता:मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्नेछ।
विज्ञापन नं. २०८३/०८४/०२
पद: कृषि स्नातक
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञानमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
विज्ञापन नं. २०८३/०८४/०३
पद: जनस्वास्थ्य अधिकृत (सातौँ तह)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:
उम्मेदवारले दरखास्त साथ देहायका कागजातहरूको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछः
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 05, 2026
About the organization

Government Organization