राष्ट्रिय अनुसन्धान विभाग

अनुसन्धान सहायक (रा.प.अनंकित द्वितीय श्रेणी सरह)

राष्ट्रिय अनुसन्धान विभाग

अनुसन्धान सहायक (रा.प.अनंकित द्वितीय श्रेणी सरह)

अनुसन्धान सहायक (रा.प.अनंकित द्वि…

राष्ट्रिय अनुसन्धान विभाग

बरफबाग, काठमाडौँ

अनुसन्धान सहायक (रा.प.अनंकित द्वितीय श्रेणी सरह)

Views: 2214 | This job is expired 4 years, 1 month ago

Basic Job Information

Job Category : Research and Development
Job Level : Mid Level
No. of Vacancy/s : [ 32 ]
Employment Type : Contract
Job Location : बरफबाग, काठमाडौँ
Apply Before(Deadline) : Apr. 02, 2021 12:00 (4 years, 1 month ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

अनुसन्धान सहायक (रा.प.अनंकित द्वितीय श्रेणी सरह)

यस विभाग एवं अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा समावेशी सिद्धान्त अनुरूप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि मिति २०७७।१२।०८ गते बसेको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको छनौट समितिको बैठकबाट देहाय बमोजिम रिक्त पदहरूमा विज्ञापनको लागि सूचना प्रकाशन गर्ने निर्णय भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। 

विज्ञापन न.: ०३/०७७/७८
पद तथा श्रेणी: अनुसन्धान सहायक (रा.प.अनंकित द्वितीय श्रेणी सरह)
सेवा: नेपाल विशेष सेवा
पद संख्या: ३२ 

  • खुला: १८
  • आदिवासी/ जनजाति: ६ 
  • मधेशी: 
  • महिला: 
  • दलित: 
  • पिछडिएको: -

(२) शैक्षिक योग्यता :

  • अनुसन्धान अधिकृत पदको लागि :- स्वीकृत विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि. बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ। 
  • अनुसन्धान सहायक पदको लागि :- स्वीकृत विश्वविद्यालयबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि. बाट समकक्ष निर्धारण गरिएको प्रमाण पत्र पनि पेस गर्नुपर्नेछ।
  • सहायक सूचक पदको लागि :- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसएलसी वा एसइइ वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि.बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ । 

(३) उमेर :

  • अनुसन्धान अधिकृत :- छनौट हुने सालको वैशाख १ गते पुरूषको हकमा २१ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको (मिति २०५२।०१।०१ देखि २०५६।०१।०१ सम्म जन्म मिति भएका) तथा महिलाको हकमा २१ वर्ष पूरा भएको र ३० वर्ष ननाघेको (मिति २०४७।०१।०१ देखि २०५६।०१।०१ सम्म जन्म मिति भएका) । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूको हकमा ३५ वर्ष ननाघेको। 
  • अनुसन्धान सहायक पदको लागि :- छनौट हुने सालको वैशाख १ गते पुरूषको हकमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको (मिति २०५२।०१।०१ देखि २०५९।०१।०१ सम्म जन्ममिति भएका) तथा महिलाको हकमा १८ वर्ष पूरा भएको र ३० वर्ष ननाघेको (मिति २०४७।०१।०१ देखि २०५९।०१।०१ सम्म जन्ममिति भएका) । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूको हकमा ३५ वर्ष ननाघेको ।
  • सहायक सूचक पदको लागि :- छनौट हुने सालको वैशाख १ गते महिला, पुरूष दुवैको हकमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेका (मिति २०५२।०१।०१ देखि २०५९।०१।०१ सम्म जन्म मिति भएका) । 

(४) परीक्षाको किसिम :

क) अनुसन्धान अधिकृत General knowledge & General Ability Test 

  • लिखित परीक्षा 
  • विस्तृत स्वास्थ्य परिक्षण 
  • Psychological Test 
  • Group Test (Group Discussion) 
  • Presentation 
  • अन्तर्वार्ता 

(ख) अनुसन्धान सहायक 

  • General Ability & Aptitute Test
  • लिखित परीक्षा
  • विस्तृत स्वास्थ्य परिक्षण
  • अन्तर्वार्ता

(ग) सहायक सूचक

  • लिखित परीक्षा 
  • विस्तृत स्वास्थ्य परिक्षण
  • अन्तर्वार्ता

(५) दरखास्त फाराम भर्ने तरिका :- राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा login गरी व्यक्तिगत विवरणका साथै आवश्यक कागजातहरू सहित अनलाइन प्रणालीबाट दरखास्त फाराम भर्नुपर्ने छ। दरखास्त फाराममा भरिएका विवरणहरू विभागले प्रमाणित गरेपश्चात रोल नम्बर कायम गरिनेछ । तत्पश्चात अनलाइन प्रणालीबाट आफ्नो ID र Password Login गरी प्रवेशपत्र Print गर्न सकिनेछ। 

(६) अनलाइन दरखास्त भर्दा अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू: (प्रत्येक फाइल बढीमा 300 KB को हुनुपर्नेछ) 

  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो। 
  • नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान कपी वा फोटो। 
  • उम्मेदवारको दस्तखतको स्क्यान कपी वा फोटो। 
  • पद अनुसार तोकिएको शैक्षिक योग्यता वा सो सरह उत्तिर्ण गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्रको PDF फाइल/स्क्यान कपी वा फोटो। 
  • समावेशी समूह (आदिवासी/जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र) तर्फ दरखास्त दिने उम्मेदवारहरूले अनिवार्य रूपमा आधिकारिक निकायबाट ३ महिना अवधि भएको प्रमाणित प्रमाणपत्रको PDF फाइल/स्क्यान कपी वा फोटो। 

(७) पाठ्यक्रम पाइने वेभसाइट :- परीक्षाको पाठ्यक्रम राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np/career बाट download गरी प्राप्त गर्न सकिनेछ। 

(८) दरखास्त दस्तुर (राजश्व) :

  • अनुसन्धान अधिकृत पदको लागि :- रू १०००।-(एक हजार रूपैयाँ) र एक भन्दा बढी प्रत्येक समूहका लागि रू. २००|- का दरले थप दस्तुर बुझाउनु पर्नेछ । परीक्षा दस्तुर राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बैंक खाता नम्बर १०००१००२०००१००००, कार्यालयको कोड नम्बर ३०१०७३५०१, कार्यालयको नाम रा.अ.वि. र राजश्व शिर्षक नम्बर १४२२४ मा बुझाई सो भौचरको स्पष्ट स्क्यान कपी वा फोटो अनलाइन प्रणालीबाट फर्म भर्दा अनिवार्य रूपमा Upload गर्नुपर्नेछ। (समावेशी समूहतर्फ मात्र आवेदन दिने उम्मेदवारले पनि कम्तिमा रू.१०००।-(एक हजार रूपैयाँ) राजश्व बुझाउनुपर्नेछ ) 
  • अनुसन्धान सहायक पदको लागि :- रू. ३००|- (तीन सय रूपैयाँ) र एक भन्दा बढी प्रत्येक समूहका लागि रू. ६०|- (साठी रूपैयाँ) का दरले थप दस्तुर बुझाउनुपर्नेछ । परीक्षा दस्तुर राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बैंक खाता नम्बर १०००१००२०००१००००, कार्यालयको कोड नम्बर ३०१०७३५०१, कार्यालयको नाम रा.अ.वि. र राजश्व शिर्षक नम्बर १४२२४ मा बुझाई सो भौचरको स्पष्ट स्क्यान कपी वा फोटो अनलाइन प्रणालीबाट अनिवार्य रूपमा Upload गर्नुपर्नेछ। (समावेशी समूहतर्फ मात्र आवेदन दिने उम्मेदवारले पनि कम्तिमा रू.३००।-(तीन सय रूपैयाँ) राजश्व बुझाउनुपर्नेछ ) 
  • सहायक सूचक पदको लागि :- रु. १५०।-(एक सय पचास रूपैयाँ) र एक भन्दा बढी प्रत्येक समूहका लागि रू. ३०|- (तीस रूपैयाँ) का दरले थप दस्तुर बुझाउनुपर्नेछ । परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखाबाट बैंक खाता नम्बर १०००१००२०००१००००, कार्यालयको कोड नम्बर ३०१०७३५०१, कार्यालयको नाम रा.अ.वि. र राजश्व शिर्षक नम्बर १४२२४ मा बुझाई सो भौचरको स्पष्ट स्क्यान कपी वा फोटो अनलाइन प्रणालीबाट अनिवार्य रूपमा Upload गर्नुपर्नेछ। (समावेशी समूह तर्फ मात्र आवेदन दिने उम्मेदवारले पनि कम्तिमा रु.१५०।-(एक सय पचास रूपैयाँ) राजश्व बुझाउनुपर्नेछ ) 

(९) दरखास्त दर्ता गरिने अवधि :- गोरखापत्रमा पहिलोपटक सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र (मिति २०७८।०१।१२ गतेसम्म) । दरखास्त दर्ता गर्ने अन्तिम मितिबाट ७ दिनभित्र (मिति २०७८।०१।१९ गतेसम्म) दोब्बर दस्तुर तिरी दरखास्त दर्ता गर्न सकिनेछ। 

(१०) परीक्षाको लागि सम्पर्क मिति :- दोब्बर दस्तुर तिर्ने म्याद सकिएपछि विभागको वेबसाइटमा सूचना प्रकाशित गरी जानकारी गराइनेछ ।

(११) परीक्षा केन्द्र :- अनुसन्धान अधिकृत पदका आवेदकहरूले लोक सेवा आयोगको काठमाडौँ परीक्षा केन्द्र र अनुसन्धान सहायक तथा सहायक सूचक पदका आवेदकहरूले आफूलाई पायक पर्ने लोक सेवा आयोगका कार्यालयहरू (धनकुटा, जलेश्वर, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, वीरेन्द्रनगर र धनगढी) मा परीक्षा केन्द्र राख्न सक्नेछन् । आयोगबाट तोकिएको स्थानमा परीक्षा केन्द्रहरू कायम गरी लिखित परीक्षा सञ्चालन हुनेछ । 

(१२) अन्य विवरण :

  • रीत नपुयाई दरखास्त भरेको उम्मेदवार परीक्षामा सहभागी हुन पाउने छैन । 
  • लोकसेवा आयोगसँग परामर्श लिई स्वीकृत राष्ट्रिय अनुसन्धान विभागको सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त, २०६६ को आधारमा पदपूर्ति गरिनेछ। 
  • उम्मेदवारहरूले प्रत्येक चरणको परीक्षामा उपस्थित हुँदा प्रवेशपत्र र नागरिकताको सक्कलै प्रति साथमा लिई उपस्थित हुनुपर्नेछ। 
  • हरेक चरणको परीक्षा समाप्ति पछी नतिजा प्रकाशन गरिनेछ र उत्तिर्ण उम्मेदवारहरूलाई मात्र अर्को परीक्षामा सम्मिलित गराइनेछ। 
  • लिखित परीक्षामा सफल उम्मेदवारहरूलाई सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट विस्तृत स्वास्थ्य परिक्षण गर्रानेछ । 
  • स्वास्थ्य परीक्षणमा सफल उम्मेदवारहरूलाई मात्र अन्य चरणको परीक्षामा सम्मिलित गराइनेछ। 
  • अन्तिम चरणको अन्तरवार्ता परीक्षामा सहभागी हुन आउँदा उम्मेदवारहरूले सक्कल नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात र सोका प्रमाणित प्रतिलिपिहरू साथमा लिई उपस्थित हुनुपर्नेछ। 
  • कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजायँ पाएको र कुनै अवैध संस्था वा संगठनको सदस्य रहेको व्यक्ति परीक्षामा संलग्न हुन पाउनेछैन। 
  • अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा नियुक्तिको लागि खुल्ला प्रतियोगितात्मक परीक्षामा योग्यता पुगेका कुनै पनि सरकारी कर्मचारी उम्मेदवार हुन सक्नेछन् । सोको लागि आफू कार्यरत कार्यालयको स्वीकृति सहितको कागजात अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE