Jan Jagaran Youth Club

ठूलदिदी (स्वयमसेवक)

Jan Jagaran Youth Club

ठूलदिदी (स्वयमसेवक)

Jan Jagaran Youth Club (JJYC) is a non-government organization established in Bara in 24th Paush 2054. Since its establishment JJYC Bara is working on Education, Children & women Development, Economic growth & Empowerment, Health, Water, Sanitation & Hygiene, Governance and Social justice and Humanitarian Aid and Resilience community. 

ठूलदिदी (स्वयमसेवक)

Views: 1799 | This job is expired 4 years, 3 months ago

पद:  ठूलदिदी (स्वयमसेवक)

पद संख्या : २० जना (प्रत्येक विद्यालयमा एकजनाका दरले प्रत्येक पालिकामा ५ जना)

कार्यक्षेत्र :  गढीमाई नगरपालिका रौतहट, गौर नगरपालिका रौतहट, कलैया उपमहानगरपालिका बारा र जितपुर सिमरा उपमहानगरपालिका, बारा

परिचय

जन जागरण युवा क्लब एक गैह्र सरकारी संस्था हो । यो संस्था २०५४ साल पौष २४ गते जिल्ला प्रशासन कार्यालय, बारामा  दर्ता भई शिक्षा, स्वास्थ्य तथा सरसफाई, बाल अधिकार, महिला अधिकार, जलवायुपरिवर्तन तथा जिबिकोपार्जन क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको छ । 

हाल यस संस्थाले युरोपियन युनियनको आर्थिक सहयोग तथा भिएसओ नेपालको नेतृत्वमा बारा र रौतहट जिल्लाका चारवटा पालिकाहरुका २० वटा विद्यालयमा  “सहयात्रा” नामक   परियोजना जनवरी २०२१ देखि संचालन गरिरहेको छ । यस कार्यक्रमलाई सफल बनाउने सिलसिलामा प्राथमिक तहको शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाडेर बसेका बालबालिकाहरुलाई पुनः विद्यालय फर्काउन, पढाइलाई नियमित गर्न अभिप्रेरित गर्ने, गुणस्तर अभिवृद्धि का साथै शैक्षिक सुशासनको अवस्था सुनिश्चित गर्ने कार्यक्रमको आवश्यकता महसुस भएको छ । यस उद्धेश्य पूरा गर्न सहयात्रा परियजनालाई कार्यान्वयनमा ल्यइएको छ । 

समान शैक्षिक पहुँच तथा गुणस्तरीय शैक्षिक वातावरणका लागि नेपाली समाजको सामाजिक, आर्थिक, भौगोलिक, सेवा सुविधाहरुको असमान वितरण, महिला, जनजाती, भाषाभाषी आदिको महत्वपूर्ण प्रभाव रहेकोे हुन्छ । यसको निराकरणका लागि विद्यालय, शिक्षक, अभिभावक, स्थानीय निकाय, संघसंस्था र सरोकारवालाहरुको सहयोग र सहभागिता अपरिहार्य रहेको हुन्छ । यिनै कुराहरुलाई ध्यानमा राखेर बीचैमा विद्यालय छाड्ने बालबालिकाहरुलाई पुनः विद्यालय फर्काउने र विद्यालयमा रहेका बालबालिकाहरुलाई टिकाइराख्ने कार्यमा सहयोग पु¥याउन ठूलीदिदीको रुपमा सीपयुक्त मेन्टरको आवश्यक्ता महसुस गरिएको छ । यसैगरी समुदायमा विद्यमान विसंगति तथा परम्परागत रुढीबादी एवम् विभेदजन्य अभ्यासहरुलाई न्यूनीकरण गर्न समुदायमा सचेतना वृद्धि गर्न समाजमा परिवर्तनको सम्बाहकका रुपमा यस कार्यक्रममा ठूलीदिदीहरुलाई स्वयंसेवकको रुपमा प्रभावकारी रुपमा परिचालन गर्ने योजना रहेको छ ।

ठूलीदिदीको योग्यताः 

  • कम्तिमा कक्षा १२ उतिर्ण भएको हुनुपर्ने र १८ वर्षभन्दा माथिको उमेर भएको हुनुपर्ने  
  • नेपाली नागरिक महिला
  • स्वयंसेवीको रुपमा काम गर्न इच्छुक भएको 
  • कम्तिमा पनि एक वर्ष स्वयंसेवाको लागि प्रतिबद्धता जनाएको 
  • सम्बन्धित विद्यालयको सेवाक्षेत्रभित्र बसोबास गरेको 
  • स्थानीय भाषामा राम्रो दखल भएको
ठूलदिदीको जिम्मेवारी  

  • प्राथमिक तथा आधारभूत तहमा अध्ययनरत विद्यालय शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाड्ने बालिकाहरुको पहिचान गरीे अभिलेख तयार गर्ने ।
  • त्यस्ता बालिकाहरु र तिनका अभिभावकहरुको अवस्था र समस्या पहिचान गर्न नियमित अभिभावक घरदैलो भेटघाट गर्ने र समस्या पहिचान गरी समाधानको लागि पहल गर्ने ।
  • विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छलफल र अन्तत्र्रिmया गर्ने ।
  • विद्यार्थीहरुमा देखिएको समस्याको समाधान योजनाबद्ध तथा क्रमिक रुपमा गर्ने ।
  • बालबालिकाको विद्यालय नियमितताको लेखाजोखा गर्ने ।
  • विद्यालयस्तरमा सञ्चालन हुने परियोजना अन्तर्गतका क्रियाकलापमा नेतृत्वदायी भूमिका खेल्ने ।
  • विद्यालय व्यवस्थापन समिति र शि.अ.सं.सँग समस्या समाधानको लागि सहयोग जुटाउने । नगरपालिकाको शिक्षा इकाइसँग आवश्यक प्राविधिक सल्लाह र सहयोग लिने ।
  • समुदायस्तरका संस्थाहरुसँग सहकार्य गर्ने तथा सहयोग लिने ।
  • बालबालिकाहरुलाई नियमित रुपमा परामर्श सेवा प्रदान गरी उनीहरुको शैक्षिक तथा अन्य समस्या समाधानमा आवश्यक सहयोग गर्ने।
  • अभिभावकहरुलाई नियमित रुपमा शिक्षाको महत्व परम्परागत एवम् रुढीबादी संस्कारको न्यूनीकरण तथा शैक्षिक निरन्तरताका सम्बन्धमा आवश्यक परामर्श तथा सरसल्लाह प्रदान गर्ने र उनीहरुको सचेतना अभिवृद्धि गर्न सहजीकरण गर्ने ।
  • विद्यार्थी प्रगति मूल्याड्ढनको अभिलेख राखी आवश्यक पृष्ठपोषण दिने ।
  • परियोजनाको सकारात्मक प्रभाव तथा सफलताका कथाहरु संकलन गरी सुपरभाइजर समक्ष पेश गर्ने । 
  • परामर्श तथा सरसल्लाहको  प्रतिवेदन तयारी गरी प्रत्येक महिनाको पहिलो हप्ताभित्र सुपरभाइजरलाई दिने । 

सुविधा : यो नितान्त आफ्नो समुदायका लागि स्वयसेवा हो त्यसकारण यस कार्यका लागि आवश्यक खाजा तथा समान्य संचार खर्च वापत निश्चित रकम परियोजनाले निर्धारण गरे अनुसार दिईने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE