Views: 1069 | This job is expired 1 week, 1 day ago
विज्ञापन नं. १०२/०७७
तह: तह ६
सेवा: -
समूह: लेखा
आवश्यक संख्या: १
१. शैक्षिक योग्यता र अनुभव
अधिकृत (तह-६, लेखा) : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्य शास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको र नेपाल सरकार संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हासिल गरी कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको ।
पुनश्चः पुँजीबजारसँग सम्बन्धित संस्थामा धितोपत्र खरिद बिक्री कारोबारमा संलग्न भई कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइनेछ ।
२. उम्मेदवारको उमेरको हद : निवेदन दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
३. आवेदनसाथ पेस गर्नुपर्ने कागजात तथा वितरणहरू : आवेदकले कम्पनीले तोकेको आवेदन फाराममा उल्लेखित विवरण तथा कागजातहरूमा स्वयम्ले प्रमाणित गरी प्रतिलिपि पेस गर्नुपर्नेछ।
४. आवेदन दर्ता शुल्क : आवेदकले आवेदन फाराम यस कम्पनीको संस्थापक संस्थाहरूको वेबसाइट क्रमशः www.nlk.org.np, www.nepalre.com र www.ntc.net.np बाट डाउनलोड गर्न सकिनेछ । आवश्यक कागजात तथा विवरण सहित आवेदन बुझाउँदा दर्ता शुल्क बापत रू.१००।- यस कम्पनीको प्रभु बैंक लिमिटेडमा रहेको खाता नं. ०७८०१५०१६४३०००१८ मा नगदै वा विद्युतीय माध्यमबाट जम्मा गरी सोको निस्सा समेत संलग्न गर्नुपर्नेछ ।
५. कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा : कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।
६. विस्तृत जानकारीका लागि नागरिक लगानी कोषको वेबसाइट www.nlk.org.np हेर्न सकिनेछ ।
सम्पर्क नं : ०१-४७८०३३१
नोट: दरखास्त फारम कम्पनीको कार्यालय नयाँ बानेश्वर (कृष्ण टावर, दोस्रो तल्ला) मात्र बुझीलिने व्यवस्था गरिएको छ।
For vacancy notice, please CLICK HERE
Form Link: http://nlk.org.np/syllabus/stock-dealer-application-form
Syllabus Link: Level 6 (लेखा अधिकृत तह ६ प्रशासन) http://nlk.org.np/syllabus/6th-level-officer-syllabus