Views: 964 | This job is expired 1 week, 1 day ago
विज्ञापन नं. १०१/०७७
तह: तह ७
सेवा: प्रशासन
समूह: प्रशासन
आवश्यक संख्या: १
१. शैक्षिक योग्यता र अनुभव
वरिष्ठ अधिकृत (तह-७) : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्य शास्त्र वा अर्थशास्त्रमा स्नातकोत्तर वा सो सरह कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको र नेपाल सरकार संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा छैटौँ तह वा सो सरहमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव हासिल गरी कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको।
पुनश्चः पुँजीबजारसँग सम्बन्धित संस्थामा धितोपत्र खरिद बिक्री कारोबारमा संलग्न भई कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइनेछ ।
२. उम्मेदवारको उमेरको हद : निवेदन दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
३. आवेदनसाथ पेस गर्नुपर्ने कागजात तथा वितरणहरू : आवेदकले कम्पनीले तोकेको आवेदन फाराममा उल्लेखित विवरण तथा कागजातहरूमा स्वयम्ले प्रमाणित गरी प्रतिलिपि पेस गर्नुपर्नेछ।
४. आवेदन दर्ता शुल्क : आवेदकले आवेदन फाराम यस कम्पनीको संस्थापक संस्थाहरूको वेबसाइट क्रमशः www.nlk.org.np, www.nepalre.com र www.ntc.net.np बाट डाउनलोड गर्न सकिनेछ । आवश्यक कागजात तथा विवरण सहित आवेदन बुझाउँदा दर्ता शुल्क बापत रू.१००।- यस कम्पनीको प्रभु बैंक लिमिटेडमा रहेको खाता नं. ०७८०१५०१६४३०००१८ मा नगदै वा विद्युतीय माध्यमबाट जम्मा गरी सोको निस्सा समेत संलग्न गर्नुपर्नेछ ।
५. कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा : कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।
६. विस्तृत जानकारीका लागि नागरिक लगानी कोषको वेबसाइट www.nlk.org.np हेर्न सकिनेछ ।
सम्पर्क नं : ०१-४७८०३३१
नोट: दरखास्त फारम कम्पनीको कार्यालय नयाँ बानेश्वर (कृष्ण टावर, दोस्रो तल्ला) मात्र बुझीलिने व्यवस्था गरिएको छ।
For vacancy notice, please CLICK HERE
Form Link: http://nlk.org.np/syllabus/stock-dealer-application-form
Syllabus Link: Level 7 (बरिष्ठ अधिकृत तह ७ प्रशासन) http://nlk.org.np/syllabus/senior-officer-7th-level-prashasan