World Vision International Nepal

सवारी चालक

World Vision International Nepal

सवारी चालक

"World Vision is a child focused relief, development and advocacy organization that has contributed to transformation in the lives of millions of children around the world in vulnerable situations. We are driven by Christian values to serve children and families regardless of their religion, age, gender, ethnicity, class and caste. We are looking for potential Nepalese candidates to fill out the following position:"

सवारी चालक

Views: 1852 | This job is expired 4 years, 1 month ago

कार्यस्थलः पश्चिम फिल्ड कार्यलय, धनगढी

अनुभव: कम्तीमा चार वर्ष वा सो भन्दा माथिको सम्बन्धित क्षेत्रमा अनुभव भएको

शैक्षिक  योग्यता:

  • कम्तीमा कक्षा दश (१०) पास वा सो भन्दा माथि हुनुपर्ने 
  • अनिवार्य रूपमा दुई पाङग्रे र चार पाङग्रे सावारी चालकको अनुमति पत्र हुनुपर्ने

ज्ञान र दक्षता:

  • नेपाली र अंग्रेजीमा सुचना आदनप्रदान प्रभावकारी तवरले गर्न सक्नुपर्ने
  • गुणस्तरीय सेवा र विवरण प्रवाह गर्ने, जवाफदेही र ईमानदार हुनुपर्ने
  • कम्प्यूटर सम्बन्धी सामान्य ज्ञान भएको 

पृष्ठभूमी : 

विभिन्न समुदायका र भाषा-भाषिका मानिसहरुसंग घुलमिल भई काम गर्नुपर्ने भएकाले सेवामा लक्षित भइ, पूर्ण जिम्मेवारी बहन गर्दै सम्बन्धितअधिकार प्रप्त व्यक्ती तथा  सुपरभाईजरको मातहतमा रही  संस्थाको सम्पूर्ण नीति नियमहरु पालना गर्दै संस्थाको उद्धेश्य र लक्ष्य प्राप्तिका लागि प्रभावकारी र मितव्यीता ढंगले कर्मचारीहरुलाई सुरक्षित र भरपर्दो यातायात सेवा प्रदान गर्नु पर्नेछ।

प्रमुख काम र जिम्मेवारी: 

  • भरपर्दो र सुरक्षित यातायातको अनुभुती गराउने
  • सवारी साधनको सहि सदुपयोग गरि साधारण मर्मत संम्भारको काम गर्नुपर्ने
  • अनुमोदित सवारी अनुरोध अनुसार कर्मचारीहरुलाई  विभिन्न ठाउँहरुमा सवारी सधानमा लैजाने,ल्याउने, 
  • शहरी तथा र्दुगम क्षेत्रका कार्यस्थलहरुको अवोलकनमा लैजाने र ल्या`उने, यात्रीहरुको सामानहरु निकाल्न र हाल्न मद्धत गर्ने ।
  • सवारी साधनको सधै सरसफाई सुनिश्चित गर्ने
  • हरेक समयमा गााडीको अवस्था चल्ने अवस्थामा राख्ने,  जस्तै गाडीको दिनहूँ ,मर्मत-सम्भार, तेल, पानी, ब्याट्री, ब्रेक, टायर आदिको जाँच तथा मर्मत  सुनिश्चित गर्ने
  • गाडीको विमा र दर्ताको काम दिइएको समयअनुसार सुनिश्चित गर्न सहयोग गर्ने
  • कार्यलयको प्रशासनिक कामहरुमा सहायता गर्नुपर्ने जस्तै, बैंकको काम, चिठीपत्रहरु  लाने, ल्याउने, फोटोकपी गर्ने, कार्यलयको विभिन्न सेवाको बिल भुक्तान गर्न  जाने, कार्यालयको  सामानहरु ओसारपसार गर्न सहायता गर्ने आदि
  • प्रचलित सवारी नियम कानुनको पालना गरि सवारी साधन चलाउने र सधै स्तरीय सेवा दिने।
  • सवारी साधनको आवश्यक कागजातहरुहरुको नविकरण गराउने जस्तै, सवारी कर ब्लुबुक नविकरण, बिमा आदि।
  • कुनै पनि सवारी र्दुघटना भएमा  कानुनी र संस्थाको प्रक्रियाहरु पुर्याउन सबै विवरण दिन मुख्य भूमिका निभाउनुपर्ने र सवारी दुर्घटना भएको २४ घण्टाभित्र विवरण पेश गनुपर्ने।
  • सवारीको विवरण भर्नुपर्ने (लगबुक अनिवार्य भर्नुपर्ने)
  • सवारी मर्मत सम्भारको तालिकालाई पालना गर्नुपर्ने 
  • सुपरभाईजर ले दिएको निर्देशन अनुरुप अरुकुनै पनि क्रियाकलापमा सहायता गर्ने       

प्राथमिकता: धनगढी जिल्ला र यसको छिमेकी जिल्लाहरुमा स्थानीय बसोबास गर्ने उमेद्धवारहरुलाई प्राथामिकता दिइनेछ।

Applying Procedure: 

माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यही  २०७६ चैत्र २ गते (15 March 2020) अपरान्ह ५ः०० बजे सम्ममा आइपुग्ने गरी तल उल्लेखित ठेगानामा आफ्नो व्यक्तिगत विवरणका साथ आवेदन पठाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइएको छ।

छानिएका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियमा बोलाईने छ । प्राप्त आवेदनहरुको छनौट प्रक्रियाको सम्पूर्ण अधिकार वल्र्ड भिजन इन्टरनेसनल नेपालमा रहने छ । आवेदन र व्यक्तिगत विवरण सोझै तलको ठेगानामा पनि पेश गर्न पनि सकिनेछ । 

वल्र्ड भिजन इन्टरनेसनल नेपाल
World Vision International Nepal
People & Culture Department
Email: [email protected]

अथवा

वल्र्ड भिजन इन्टरनेसनल नेपालको 
धनगढी — ५, हसन्पुर (नेपाल राष्ट्र बैंक नजिक) 
कार्यलयमा बुझाउन सकिनेछ । 

OR,

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE