पद : कार्यालय व्यवस्थापक
पद संख्या : १
तह : सातौ
कार्य गर्नु पर्ने स्थान : खोपासी कार्यालय, पनौती–१०, खोपासी, काभ्रे
शैक्षिक योग्यता :
- वाणिज्य/अर्थशास्त्र विषयमा न्यूनतम स्नातक तह उतीर्ण गरी बैंक तथा वित्तीय संस्था/सहकारी संस्थामा व्यवस्थापकीय तहमा कम्तिमा ३ वर्षको ऋण लगानी तथा असुली सम्बन्धी अधिकृत स्तरमा रही कार्य गरेको अनुभव प्राप्त वा वाणिज्य/अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको ।
- कम्प्यूटर सम्बन्धी Advance तालिम प्राप्त गरी Accounting Software संचालन गर्न सक्ने ।
- कम्तिमा २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्त गरी चलाउने सक्ने
विशेष ग्राहयताः
- कार्यालय व्यवस्थापन, कर्मचारी परिचालन/सहकारी लेखा व्यवस्थापन/धितो मूल्यांकन, ऋण विश्लेषण र लगानी असुली सम्बन्धी कार्य अनुभव प्राप्त गरी सहकारी संघ संस्था/बैक तथा वित्तीय संस्थाको व्यवस्थापक/प्रबन्धक भई न्यूनतम २ वर्षकार्य गरेको अनुभव प्राप्त
उमेर: २५ पूरा भई ४० वर्ष ननाघेकोे तर संस्थामा कार्यरत तथा अवकास प्राप्तको हकमा ५० वर्ष ननाघेको ।
सेवा सुविधा : मासिक तलब तथा प्रमुख भत्ता र महांगी भत्ता रु. ४०,९९०।– र चाडपर्व खर्च, स्वास्थ्य उपचार, बोनस र जीवन तथा दुर्घटना विमा सुविधा संस्थाको नियमानुसार हुनेछ ।
प्रमुख जिम्मेवारी :
- कार्यालयको प्रमुख भई कार्यालय व्यवस्थापन, समिति उप समिति र अन्य कार्यालय वीच समन्वय, कर्मचारी परिचालन तथा तोकिएका लक्ष्य तथा कार्यक्रम पूर्ण जिम्मेवारी र जवाफदेही भई कार्य गर्ने ।
- बार्षिक लक्ष्यलाई मासिक बाँडफाँड गरी मासिक रुपमा नै हासिल गर्ने ।
- सत्प्रतिशत ऋण असुलीको लागि दैनिक÷साप्ताहिक÷मासिक कार्ययोजाना तर्जुमा गरी पूर्ण कार्यान्वयन गर्ने ।
- नयाँ संभावित स्थानहरुको पहिचान गरी सेवाविस्तार गर्ने ।
- अन्य कार्य विवरण (JD) तोकिए बमोजिमकार्य गर्ने गराउने
छनौट प्रक्रियाः
- तोकिएको मिति भित्र आवदेन दिने आवेदकहरु मध्येबाट छोटो सूची( Short List) छनौट गरिनेछ
- छोटो सूचीमा छनौट हुन सफल उम्मेदवारहरुलाई लिखित परीक्षा, प्रयोगात्मक, विभाग तथा कार्यालय संचालन सम्बन्धी रणनीतिक योजना र कार्यान्वयन कार्यतालिका तर्जुमा तथा प्रस्तुतीकरण परीक्षा सहभागी गराइनेछ ।
- तोकिएको न्युनतम अंक प्राप्त गरी लिखित परीक्षा, रणनीतिक योजना र कार्यान्वयन कार्यतालिका निर्माण परीक्षामा उतीर्ण हुन सफल आवेदकहरुलाई मात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईनेछ ।
दरखास्त दस्तुर: रु.१,०००।– (एक हजार ) फिर्ता नहुने गरी ।
दरखास्त दिने प्रक्रिया र स्थानः
- दरखास्त फाराम संस्थाको केन्द्रीय कार्यालय(हाल बनेपा) बाट प्राप्त गर्न सकिने छ ।
- विज्ञापनमा दरखास्त दिन चाहने व्यक्तिले अनलाईनबाट संस्थाको आधिकारिक इमेल i[email protected] मा पनि पेश गर्न सक्नेछ । अनलाईनबाट दरखास्त पेश गर्ने आवेदकले दरखास्त शुल्क यस संस्थाको माछापुच्छ्रे बैक लि. बनेपा शाखामा रहेको हि.नं २००१५२४०२१८९००२८ मा जम्मा गरी दरखास्त साथ बैक भौचर संलग्न गर्नु पर्नेछ
- विज्ञापन दुवै पदमा दरखास्त दिन चाहने व्यक्तिले छुट्टाछट्टै दरखास्त दिनु पर्नेछ ।
- सम्पर्क मिति: दरखास्त दिने अन्तिम दिनको भोलिपल्ट (कार्यालय समय भित्र ।)
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित कामको अनुभव पत्रको प्रतिलिपि
- हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
- सवारी चालक अनुमति पत्रको प्रतिलिपी
- व्यक्तिगत विवरण (वायोडाटा )