Bindhavasini Saving & Credit Co-operative Society

विभागीय व्यवस्थापक-ऋण विभाग (Department Manager)

Bindhavasini Saving & Credit Co-operative Society

विभागीय व्यवस्थापक-ऋण विभाग (Department Manager)

Bindhavasini Saving and Credit Cooperative Society ltd is a community, Group and Member based co-operative society established on 27th December 1993 registered under cooperative Act 1991, approval from Nepal Rastra Bank with limited banking transaction on 24th October 1995.

विभागीय व्यवस्थापक-ऋण विभाग (Department Manager)

Views: 4161 | This job is expired 5 years, 5 months ago

पद : विभागीय व्यवस्थापक -ऋण विभाग (Department Manager)

पद संख्या : १ 

तह : सातौ  

कार्य गर्नु पर्ने स्थान : केन्द्रीय कार्यालय हाल बनेपा, काभ्रे

शैक्षिक योग्यता : 

  • वाणिज्य / अर्थशास्त्र विषयमा न्यूनतम स्नातक तह उतीर्ण गरी बैंक तथा वित्तीय संस्था/सहकारी संस्थामा व्यवस्थापकीय तहमा कम्तिमा ३ वर्षको ऋण लगानी तथा असुली सम्बन्धी अधिकृत स्तरमा रही  कार्य गरेको अनुभव प्राप्त  वा वाणिज्य/अर्थशास्त्र विषयमा  स्नातकोत्तर तह उतीर्ण गरेको । 
  • कम्प्यूटर सम्बन्धी Advance तालिम प्राप्त गरी  Accounting Software  संचालन गर्न सक्ने ।
  • कम्तिमा २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्त गरी चलाउने सक्ने

विशेष ग्राहयताः

  • ऋण विश्लेषण, धितो मूल्यांकन, परियोजना तथा नगद प्रवाह विश्लेषण र ऋण लगानी तथा असुली सम्बन्धी उच्च किसिमका तालिम प्राप्त गरी कार्य अनुभव प्राप्त । सहकारी संघ संस्था÷बैक तथा वित्तीय संस्थाको ऋण प्रमुख ÷व्यवस्थापक÷ प्रबन्धक भई  न्यूनतम ३ वर्ष कार्य गरेको अनुभव प्राप्त । 

उमेर : २५ पूरा भई ४० वर्ष ननाघेकोे  तर संस्थामा कार्यरत तथा अवकास प्राप्तको हकमा ५० वर्ष ननाघेको । 

सेवा सुविधा : मासिक तलब तथा प्रमुख भत्ता र  महांगी भत्ता रु. ४०,९९०।– र  चाडपर्व खर्च, स्वास्थ्य उपचार, बोनस र जीवन तथा दुर्घटना विमा सुविधा संस्थाको नियमानुसार हुनेछ ।

प्रमुख जिम्मेवारी :

  • केन्द्रीय कार्यालयको ऋण तथा लघुवित्त विभागको प्रमुख भई ऋण लगानी तथा असुली र लघुवित्त संचालन सम्बन्धी सम्पूर्ण जिम्मेवारी र जवाफदेही भई कार्य गर्ने ।
  • बार्षिक लक्ष्यलाई मासिक बाँडफाँड गरी मासिक रुपमा नै हासिल गर्ने ।
  • सत्प्रतिशत ऋण असुलीको लागि दैनिक÷साप्ताहिक÷मासिक कार्ययोजाना तर्जुमा गरी पूर्ण कार्यान्वयन गर्ने र लक्ष्य अनुसार ऋण लगानी र असुलीमा पूर्ण जवाफदेही र जिम्मेवारी भई कार्य गर्ने ।
  • ऋण लगानी असुली र लघुवित्त संचालन सम्बन्धी नियमित निरीक्षण तथा अनुगमन गर्ने ।
  • नयाँ संभावित स्थानहरुको पहिचान गरी सेवा विस्तार गर्ने ।
  • अन्य कार्य विवरण(JD)मा तोकिए बमोजिम कार्य गर्ने गराउने ।

छनौट प्रक्रियाः

  • तोकिएको मिति भित्र आवदेन दिने आवेदकहरु मध्येबाट छोटो सूची( Short List) छनौट गरिनेछ 
  • छोटो सूचीमा छनौट हुन सफल उम्मेदवारहरुलाई लिखित परीक्षा, प्रयोगात्मक, विभाग तथा कार्यालय संचालन सम्बन्धी रणनीतिक योजना र कार्यान्वयन कार्यतालिका  तर्जुमा तथा प्रस्तुतीकरण परीक्षा सहभागी गराइनेछ ।
  • तोकिएको न्युनतम अंक प्राप्त गरी लिखित परीक्षा, रणनीतिक योजना र कार्यान्वयन कार्यतालिका निर्माण परीक्षामा उतीर्ण हुन सफल आवेदकहरुलाई मात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

दरखास्त दस्तुर:  रु.१,०००।– (एक हजार )   फिर्ता नहुने गरी ।

दरखास्त दिने प्रक्रिया र स्थानः

  • दरखास्त फाराम संस्थाको केन्द्रीय कार्यालय(हाल बनेपा) बाट प्राप्त गर्न सकिने छ ।
  • विज्ञापनमा दरखास्त दिन चाहने व्यक्तिले अनलाईनबाट संस्थाको आधिकारिक इमेल i[email protected]  मा पनि पेश गर्न सक्नेछ । अनलाईनबाट दरखास्त पेश गर्ने आवेदकले दरखास्त शुल्क यस संस्थाको माछापुच्छ्रे बैक लि. बनेपा शाखामा रहेको हि.नं २००१५२४०२१८९००२८ मा जम्मा गरी दरखास्त साथ बैक भौचर संलग्न गर्नु पर्नेछ
  • विज्ञापन दुवै पदमा दरखास्त दिन चाहने व्यक्तिले छुट्टाछट्टै दरखास्त दिनु पर्नेछ ।
  • सम्पर्क मिति: दरखास्त दिने अन्तिम दिनको भोलिपल्ट (कार्यालय समय भित्र ।)

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु: 

  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • सम्बन्धित कामको अनुभव पत्रको  प्रतिलिपि
  • हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
  • सवारी चालक अनुमति पत्रको प्रतिलिपी
  • व्यक्तिगत विवरण (वायोडाटा )              

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE