सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस संस्थालाई कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आजको मितिले १५ दिनभित्र आवेदन दिन आव्हान गरिन्छ । आवेदन फाराम वित्तीय संस्थाको वेभसाइट www.slbsl.com.np बाट download गरी लिन सकिनेछ । आवेदनमा भएका विवरण भरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो - ४, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, कार्य अनुभवको प्रमाणित कागजात सहितको बायोडाटा संस्थाको केन्द्रीय कार्यालय वा ई-मेल [email protected] मा पठाउन सकिनेछ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपूर्वकका योग्य आवेदनहरुको छोटो सूची ( Short List) र अन्तरवार्ता सम्बन्धी कार्यक्रम पछि प्रकाशित गरिनेछ ।
पद: कनिष्ठ सहायक प्रशिक्षार्थी
श्रेणी: सहायक
संख्या: केही
आवश्यक योग्यता: प्रविणता प्रमाणपत्र तह वा एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । अनमी, जेटिए गरेका उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ ।
थप जानकारी:
छनौट प्रक्रिया : छोटो सुची, अन्तर्वार्ता । रित पूर्वक प्राप्त आवेदन मध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ताका लागि सुचित गरिनेछ । रित नपुगेका र म्याद नघी आएका आवेदनहरु उपर कुनै कारवाही गरिने छैन कर्मचारी भर्ना छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 02, 2024

Deadline: Feb 11, 2026

Deadline: Feb 13, 2026

Deadline: Feb 27, 2026

Deadline: Feb 14, 2026