
Deadline: Mar 24, 2026

Deadline: Mar 16, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 23, 2026

Deadline: Mar 13, 2026
Infinity Laghubitta Bittiya Sanstha Ltd.
Source: Aarthik Abhiyan
Job Description
Roles and responsibilities of this job

Infinity Laghubitta Bittiya Sanstha Ltd.
गैंडाकोट नगरपालिका वडा नं. २, कालिगण्डकी चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले स्थापना भएको छोटो समयमै नेपालका ४९ जिल्लामा १०० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । केन्द्रीय कार्यालयका लागि मेहनती, इमान्दार, अनुशासित र अनुभवी कर्मचारीहरुको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट तपसिल बमोजिमका पदहरुको लागि सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८२ / १२ / १०) कार्यालय समय भित्र निम्न ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।
पद: कनिष्ठ सहायक प्रशिक्षार्थी
श्रेणी: सहायक
संख्या: केही
न्यूनतम
शैक्षिक योग्यता: कनिष्ठ सहायक प्रशिक्षार्थी पदको लागि कम्तिमा एसइई / एसएलसी प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सवारी साधन र चालक अनुमति प्रमाण पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
उमेरको हद: सहायक श्रेणीको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । (महिलाको हकमा ५ वर्ष थप हुनेछ ।
कामको प्रकृति: वित्तीय संस्थामा सहायक श्रेणीले शाखा सञ्चालन तथा पहाड र तराईका दुर्गम ग्रामीण क्षेत्रमा गई समूह परिचालन, कर्जा लगानी तथा असूली, वचत संकलन एवम् कर्जाको विश्लेषण र सदुपयोगिता निरीक्षण तथा संकलित बचत तथा असुल भएको कर्जा किस्ताको लेखाइन गर्ने आदि कामहरू गर्नुपर्नेछ । साथै, वित्तीय संस्थाको नियमानुसार परीक्षणकालमा रहने गरी नियुक्ती दिइनेछ ।
परिक्षाको किसिम: सहायक श्रेणीको मौखिक अर्न्तवार्ता परीक्षा हुनेछ, कनिष्ठ सहायक प्रशिक्षार्थीहरुको फिल्ड अवधारणा तथा मौखिक अन्तबार्ता परीक्षा हुनेछ ।
परीक्षा दस्तुर: सहायक श्रेणीको लागि रु.३००/- दस्तुर लाग्ने छ, उक्त रकम इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. (Infinity Laghubitta Bittiya Sanstha Ltd.) को नाममा रहेको ग्लोबल आइएमइ बैंक लि. (Global IME Bank Ltd.) गैडाकोटको खाता नं. १४७०१०१००००१०९, अथवा संस्थाको Esewa ID 9863048882 वा Esewa QR मार्फत रकम जम्मा गरी भौचरमा नाम लेखी अपलोड गर्नु पर्नेछ, साथै अन्तवार्तामा सहभागी हुदाँ उक्त भौचर सहित उपस्थित हुन पर्नेछ । तलव, भत्ता तथा अन्य सुविधाहरु वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
आवेदन पठाउने ठेगाना: यस वित्तीय संस्थाको वेभसाइट www.infinitylbsl.com.np मा Career भित्र गई Online Application बाट दरखास्त दिन सकिनेछ । दरखास्त आवेदन सगै आफ्नो बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु सम्लग्न गरी आवेदन पठाउन सकिनेछ । रितपुर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानबिन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्तर्वातांको लागि सम्पर्क गरिनेछ। अन्य जानकारी संस्थाको वेभसाइट www.infinitylbsl.com.np बाट प्राप्त गर्न सकिनेछ ।
(नोट: कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 24, 2026