Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : May 09, 2025
Deadline : May 30, 2025, noon

साझेदारीका लागि आशय पत्र ( Expression of Interest) आव्हान

Save the Children

साझेदारीका लागि आशय पत्र ( Expression of Interest) आव्हान

सेभ द चिल्ड्रेन बालबालिकाको क्षेत्रमा काम गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । सेभ द चिल्ड्रेनले विगत ४९ वर्षदेखि नेपालका विभिन्न जिल्लामा बालबालिकामा केन्द्रित रहेर बालसंरक्षण, बालअधिकार सुशासन, शिक्षा, स्वास्थ्य तथा पोषण, जिविकोपार्जन र मानवीय सहायताको क्षेत्रमा काम गर्दैआएको छ ।

सेभ द चिल्ड्रेन बालबालिका केन्द्रित कार्यक्रम तथा परियोजनाहरु मधेश प्रदेशको सप्तरी जिल्लामा सञ्चालन गर्नको लागि योग्यता पुगेका गैरसरकारी संस्थाहरुबाट साझेदारीका लागि आशय पत्र (Expression of Interest) आव्हान गर्दछ । आशय पत्र दाखिला गर्ने इच्छुक संस्था उल्लेखित जिल्लामा दर्ता भई न्यूनतम दुई वर्षदेखि स्थानीय सरकारसँगको समन्वय एवं सहकार्यमा समुदाय परिचालन तथा सहजीकरणसम्बन्धी काम गर्दैआएको हुनुपर्नेछ । यस साझेदारी अन्तर्गत सप्तरी जिल्लाका विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रवर्द्धन, बाल क्लब / संजाल सहजीकरण, शिक्षा र आयआर्जनका कार्यमा बाल मैत्री तथा वातावरण मैत्री प्रविधिको प्रयोग, कृषक समुह प्रवर्द्धन व्यवसायिक परामर्श र विपद व्यवस्थापन तथा मानवीय सहयोग जस्ता कार्यहरू प्राथमिकताकासाथ स्थानीय तह र नीजि क्षेत्रसँग सहकार्य तथा पैरवी गरी सञ्चालन गरिनेछन् ।

साझेदारीका लागि संस्थाले पुरा गर्नुपर्ने न्यूनतम मापदण्डहरु :

क. प्रचलित नियमानुसार समाज कल्याण परिषदमा दर्ता तथा नवीकरण भएको ।

ख. संबन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नवीकरण भएको ।

ग. स्थायी लेखा नम्बर (PAN) भएको ।

घ. अध्यावधिक (०८०/८१) कर छुटको प्रमाण पत्र भएको ।

ङ. विगत २ आर्थिक वर्षको वित्तीय लेखापरीक्षण प्रतिवेदन पेश गरेको ।

सेभ द चिल्ड्रेनले स्पष्ट लक्ष्य र उद्देश्य भएका, सदस्यतामा आधारित, महिला / युवाद्वारा नेतृत्व गरिएका, सिमान्तीकृत तथा पिछडिएका वर्ग, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तथा अपाङ्गताको क्षेत्रमा सम्बन्धित जिल्लामा काम गरेका, समावेशी, पारदर्शी, तटस्थ र हालसम्म सेभ द चिल्ड्रेनको साझेदार भई काम नगरेका संस्थालाई प्राथमिकता दिनेछ ।

न्युनतम मापदण्ड पुरा गरेका ईच्छुक संस्थाहरुले संलग्न आशय पत्र विस्तृत निर्देशिका (EOI Detailed Guidelines ) अनुसारको विवरण र कागजातहरु समावेश गरि पेश गर्नुपर्नेछ । आशय पत्र सेभ द चिल्ड्रेन, बर्दिबास फिल्ड कार्यालय, बर्दिबासको नाममा "Expression of Interest Strengthening Child Rights Program in Saptari" उल्लेख गरी E-mail मार्फत वा सिलबन्दी गरिएको खाममा तल उल्लेखित ठेगानामा मिति २०८२ जेष्ठ १६ गते साँझ ५ बजे सम्म आइपुग्ने गरी पठाउनु हुन अनुरोध छ । उल्लेखित समय अवधि पछाडि प्राप्त भएका आशयपत्र मान्य हुने छैन ।

माथि उल्लेखित विवरणहरुको आधारमा सूचिकरणमा परेका संस्थाहरुलाई मात्र छनौट प्रक्रियाका लागि समावेश गरिने छ । यस सम्बन्धमा कुनै संस्थाको पक्षमा कुनै पनि प्रकारका हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनुचित दबाव सृजना गर्ने जस्ता गतिविधिहरुमा संलग्न भएको ठहर भएमा उक्त संस्थाले पठाएको आशय पत्र स्वतः रद्द हुनेछ ।

नोट प्रक्रियाबाट छनोट भएका संस्थाहरुसँग परियोजना / श्रोत उपलब्ध भएको खण्डमा मात्र साझेदारीको प्रक्रिया अगाडी बढाईने

छ ।

साझेदारीका लागि आशय पत्रका लागी निर्देशिका प्राप्त गर्ने ईमेल ठेगाना : [email protected] 

विस्तृत आशय पत्र पठाउने ठेगाना: 
ईमेल ठेगाना nepal [email protected]
सिलबन्दी आशय पत्र पेश गर्ने ठेगाना : सेभ द चिल्ड्रेन, बर्दिबास फिल्ड कार्यालय, बर्दिबास फोन नं ०४४-५५०७२१, ५५०७२२


Search, Apply & Get Job: FREE