चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. विगत २३ वर्ष देखि काठमाण्डौं, ललितपुर र धादिङ जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चालन भईरहेको एक समुदायमा आधारित सदस्य केन्द्रित सहकारी संस्था हो । यसले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ र अभियानको उत्कृष्ट व्यवस्थापन पुरस्कार २०८० लगायत थुप्रै उत्कृष्टताका पुरस्कार र सम्मानहरु प्राप्त गरेको छ । साथै यसमा आवद्ध हुनु भएको सदस्यहरुलाई सहकारीको सेवा मार्फत हजारौं सफलताहरु प्राप्त गर्न सहयोग समेत गरेको छ