
Deadline: Dec 13, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 17, 2025

Deadline: Dec 11, 2025
लेटाङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Annapurna Post
Job Description
Roles and responsibilities of this job

बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडौ
बागमती प्रदेश, नेपाल
करारमा सेवा लिने सम्बन्धी सूचना !
प्रथम पटक सूचना प्रकाशित मिति २०५०।०५।२५
बूढानीलकण्ठ नगरपालिकाको लागि देहायको पद, संख्या र योग्यता भएका प्राविधिक कर्मचारी करार सेवामा राख्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । दरखास्त फारम सहितको विस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।
तपसिल
क्र.सं. विज्ञापन नं. ०३/२०८०-८१
पद: अ.न.मी.
सेवा: स्वास्थ्य
तह: सहायकस्तर चौथो
परीक्षा दस्तुर रु. ५००/-
जम्म माग पद संख्या: १ (एक)
शैक्षिक योग्यता र तालिम
नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ.न.मी कोर्स वा सो सरह उत्तीर्ण गरी नेपाल नर्सिङ्ग परिषद्मा दर्ता भएको साथै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको मान्यता प्राप्त संस्थाबाट SBA तालिम प्राप्त गरेको ।
सेवा सुविधा:
कृषि स्नातक प्राविधिकको हकमा 'स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०७९ र अन्यको हकमा प्रचलित कानूनबमोजिम हुनेछ।
कृषि स्नातक प्राविधिको हकमा 'स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०७९ मा उल्लेख भएका विषयभन्दा बाहेक र अन्यको हकमा पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।
पदपूर्ति गर्दा सम्बन्धित पदमा कार्य अनुभव प्राप्त गरेका उम्मेद्वारलाई प्राथमिकता दिइनेछ । साथै अ.न.मी. (चौथो ) पदमा MA, Implant, IUCD, VIA सम्बन्धी तालिमलाई समेत मूल्याङ्कनको आधार बनाइनेछ ।
उमेरः अधिकृतस्तरको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायकस्तरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दिने स्थानः बूढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौंडा, काठमाडौं ।
दरखास्त दिने मितिः- मिति २०८०।०५।२५ देखि २०८०।०६।०८ गतेसम्म
(अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुल्ने दिन)।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 24, 2023