Similar JobsPowered by Merojob AI

Deadline: Jul 15, 2026

Deadline: Jul 11, 2026

Deadline: Jul 04, 2026

Deadline: Jul 07, 2026

Deadline: Jul 01, 2026
नीति अनुसन्धान प्रतिष्ठान
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा सास्कृतिक क्षेत्रका विभिन्न पक्षमा अध्ययन र अनुसन्धान गरी त्यसको उपलब्धि र निष्कर्षलाई प्रकाशन गर्ने र नेपाल सरकारले अपनाउने विभिन्न नीतिको अध्ययन, विश्लेषण र अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिस गर्न गठित नीति अनुसन्धान प्रतिष्ठानमा रिक्त रहेका निम्न पदहरू पदपूर्ति गर्न तपसिल बमोजिमको योग्यता पगेका नेपाली नागरिकहरुलाई आफ्नो बैयक्तिक विवरण (CV) सहित तोकिएको शैक्षिक योग्यता, अनभव र नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिन्छ । रीत नपुगी या म्याद नाघी या गलत सूचना सामेल गरी आएका दरखास्त उपर कुनै कारबाही हुने छैन । दरखास्त र आवश्यक कागजातहरु प्रतिष्ठानको कार्यालयमा उपस्थित भई वा इमेल मार्फत पठाउन सकिने छ।
पद: पियन (कार्यालय सहयोगी)
संख्या: 3
श्रेणी (तह): श्रेणी बिहीन
सेवा अवधि: ६ महिना
न्यूनतम योग्यता: सम्बन्धित कामको अनुभव
परीक्षा दस्तुर: २००
१. परीक्षाको किसिमः वैयक्तिक विवरणको आधारमा लघसूची (शर्टीलष्ट। तयार गरी अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिइने छ ।
२. तलब सुविधाः प्रतिष्ठानको नियमानुसार ।
३. परीक्षा दस्तुर बुझाउनेः प्रतिष्ठानको कार्यालय वा एभरेष्ट बैक, सिंहदरबार शाखामा राजस्व संकेत नं. १४२२४ र कार्यालय कोड नं. २०१००५०२ तोकी खाता नम्बर ००१००१०६२००००० मा राजस्व दाखिला भौचर भरी जम्मा गर्नु पर्ने छ।
४. दरखास्त बुझाउने स्थान: नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय, सानो गौचरण, काठमाण्डौ वा E-mail: [email protected]
५. सम्पर्क नम्बर: ०१ ४४३४९७९/४४३०५१७
थप जानकारी:
१. नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०७५ बमोजिम अयोग्य नभएको हुनुपर्ने छ ।
२. प्राप्त निवेदन उपर जाँचबुझ गरी उपयुक्त देखिएका उम्मेदवारहरुलाई फोन र इमेल मार्फत परीक्षाको मिति जानकारी गराइने छ ।
३. यो जानकारी प्रतिष्ठानको वेवसाइट www.pri.gov.np/www.prinepal.org बाट पनि प्राप्त गर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 15, 2021
About the organization

Government Organization