Similar JobsPowered by Merojob AI

Deadline: Aug 07, 2026

Deadline: Jul 27, 2026

Deadline: Aug 26, 2026

Deadline: Aug 04, 2026
स्वास्थ्य निर्देशनालय
Source: Nagarik
Contract
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं.: १/२०७७/७८
पद: डेन्टल सर्जन
तह/ श्रेणी: आठौं
सेवा/समूह: स्वास्थ्य/ डेन्टिष्ट्री
पद/ संख्या: १
माग गर्नु पर्ने स्थान: धनकुटा
स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १,धनकुटा, मातहतका निकाय, अस्पताल तथा कार्यालयहरूको लागि आर्थिक वर्ष २०७४०७८ को आषाढ मसान्त सम्म आवश्यक पर्ने स्वास्थ्य सेवा तर्फका प्राविधिक पद एवं प्रदेश सरकारद्वारा लागु गरिएको विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम अन्तर्गत तोकिएका स्थानीय तहका विद्यालयहरूमा विद्यालय नर्स करार सेवामा लिखित तथा अन्तर्वार्ता परीक्षाको माध्यमद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका पदमा न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सुचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस निर्देशनालयमा दरखास्त फारम पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।
1. सेवाको किसिमः करार
2. उम्मेदवारको छनौट विधिः लिखित परीक्षा र अन्तर्वार्ता।
3. लिखित र अन्तर्वार्ता परीक्षा सञ्चालन हुने मितिः स्वास्थ्य निर्देशनालय, धनकुटाको वेवसाइट hd.p l.gov.npमा सूचना प्रकाशन भए वमोजिम हुनेछ। परीक्षा दस्तुरः (क)सातौँ र आठौं तहका पदको लागि रू.१,०००/- (एक हजार रूपैयाँ)। (ख) विद्यालय नर्स पदका लागि रू. ४००।- (चार सय रूपैयाँ) र दई स्थानका लागि दरखास्त पेश गर्दा थप रू.२००।- (दुई सय रूपैयाँ)।
4. दरखास्त फाराम बुझाउने अन्तिम मितिः मिति २०७७।०९।२४ गते कार्यालय समयभित्र।
5. दरखास्त बुझाउने स्थान : स्वास्थ्य निर्देशनालय, धनकुटा।
6. तलव तथा सेवा सुविधाः प्रदेश सरकारको सम्बन्धित पदको लागि तोकिए बमोजिम।
7. उम्मेदवारको उमेरको हद : (क) सातौ र आठौ तहका पदका लागि दरखास्त दिने अन्तिम मिति २०७७१०९।२४ मा २१ वर्ष उमेर पुरा भई ४५ बर्ष ननाघेको। ( ख) पाँचौं तहका पदका लागि दरखास्त दिने अन्तिम मिति २०७४।०९।२४ मा १८ वर्ष उमेर पुरा भई ४५ बर्ष ननाघेको।
8. आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभवः डेन्टल सर्जनकालागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा बि.डि.एस्सी. वा बि.डि.एस. वा सो सरह उपाधि प्राप्त गरेको।
9. सेवा करारको अवधिः २०७८ साल आषाढ मसान्त सम्म।
10. फाराम प्राप्त गर्ने स्थानः स्वास्थ्य निर्देशनालय, धनकुटा वा वेवसाइट hd.p l.gov.np बाट उपलब्ध हुनेछ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरु : नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्र, सम्बन्धित काउन्सीलको दर्ता प्रमाणपत्र (नवीकरण भएको), अनुभवको प्रमाणपत्र (भएमा), उम्मेदवार लोपोन्मुख / अतिसीमान्तकृत सीमान्तकृत/दलित भएमा सो को प्रमाणित हुने प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो को साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत पेश गर्नु पर्ने छ।
11. पाठ्यक्रमः लोक सेवा आयोगबाट सम्बन्धित पदको लागि तोकिएको पाठ्यक्रम।
12. अधिकृतस्तरको पदमा कुनै एक जिल्लाको लागि मात्र आवेदन दिनु पर्नेछ।
13. विद्यालय नर्सका लागि दरखास्त दिने उम्मेदवारले बढीमा दुईवटा विद्यालयका लागि प्राथमिकता तोकी दरखास्त दिन सकिनेछ।
14. तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको दरखास्त उपर कुनै कारवाही हुने छैन । साथै, झट्टा विवरण उल्लेख गरी दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयम हुन पर्नेछ।
15. आवेदन स्वीकृत/अस्वीकृत गर्ने तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य निर्देशनालय, धनकुटालाई हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 09, 2021
About the organization

Government Organization