मकालु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
नुम, संखुवासभा
१ नं प्रदेश, नेपाल
पूनः करार सेवा पदपूर्ति सम्बन्धि सूचना
दोस्रो पटक प्रकाशित मिति २०७७/०५/१४
यस मकालु गाउँपालिकाका लागी निम्न पदमा करार नुिक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र रित पुर्वकको दरखास्त पेश गर्नुहुन सूचना प्रकाशित गरिएको छ।
- दरखास्त दिने अवधि: २०७७/०५/१५ देखि २०७७/०५/२९ सम्म,
- दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन।
- दरखास्त दिने स्थान: मकालु गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नुम, स्वास्थ्य शाखा ।
- दस्तुर: अधिकृत स्तरको लागि रु. १००० र सहायक स्तरको लागि रु ६०० मात्र ।
- आवेदकले मकालु गाउँपालिका, गाउँ कार्यपालिकाको संचित कोष खाता नं. ०२६१५१३५८१७ सिद्धार्थ बैंक, नुममा बुझाएको भौचर वा गाउँपालिकाको राजश्व शाखाको नगदी रसिद सक्कलै संलग्न राख्नु पर्नेछ।
- परिक्षाको किसिमः लिखित र मौखिक
- परिक्षाको मिति: दरखास्त दिने अन्तिम दिनको भोलिपल्ट सम्पर्क मितिमा तोकिने छ।
- पारिश्रमिक तथा अन्य सुविधाः गाउँपालिकाको करार सम्झौतामा उल्लेख भए बमोजिम ।
- काम गर्नुपर्ने स्थान: मकालु गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा, सामुदायिक स्वास्थ्य इकाई र आधारभूत स्वास्थ्य केन्द्र।
योग्यता र अनुभवः
- नेपाली नागरिक।
- न्युनतम योग्यता मेडिकल अधिकृतका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS कोर्ष उत्तिर्ण गरेको र NMC मा दर्ता भएको। हे.अ. पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट हे.अ. कोर्ष उत्तिर्ण गरेको र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको। अ.हे.व. पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व. वा हे.अ. कोर्ष उत्तिर्ण गरेको र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको। अ.न.मी. पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी कोर्ष वा स्टाफ नर्स उत्तिर्ण गरेको र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको।
- सम्बद्ध कार्यमा अनुभव प्राप्त स्थानीय/जिल्लाबासी व्यक्तिलाई प्राथमिकता दिइनेछ।
- १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने ।
- अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको। दरखास्तमा संलग्न गर्नुपर्ने कागजातहरु: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, कार्य अनुभवको प्रमाणपत्र प्रतिलिपी प्रचलित नेपाल कानुन बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपी संलग्न हुनुपर्नेछ ।
- साथै म्याद नाघी वा रितपुर्वक नआएमा आवेदन उपर कारबाही हुने छैन ।