लेखा अधिकृत

Human and National Development Society (HANDS) Nepal is a non-profit organization working in the field of education, livelihood, health at Sindhuli district.

लेखा अधिकृत

Views: 1164 | This job is expired 3 days, 10 hours ago

मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल, सिन्धुली
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः २०८१/०१/२८ गते
बिज्ञापन नम्बरः १०/०८०/०८१

मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीले कार्यान्वयन गरिरहेको “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ । 

पद: लेखा अधिकृत १ (एक) जना 

न्युनतम योग्यता र कार्यअनुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटरको ज्ञान भएको तथा लेखा सफ्टवेयर सम्वन्धी ज्ञान भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण,बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • बजेट निकासा तथा फर्छौटका लागि स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
  • नेपाल सरकारको ”कर तथा खरिद नियमावली २०६४” सम्वन्धी ज्ञान भएको ।  
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ५० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।

नोटः 

  • सेवा सुविधा : परियोजनको नियमानुसार हुनेछ ।
  • दरखास्त दिने अन्तिम  मिति : सूचना प्रकाशन भएको मितिले ७ दिन कार्यालय समय सम्म (यदि अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट)
  • परीक्षाको किसिम : लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
  • आवश्यक कागजातहरु : पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको केन्द्रिय कार्यालय दुधौली वा फिल्ड कार्यालय सिन्धुलीमाडी, सिन्धुलीमा दरखास्त बुझाउनु सकिनेछ । वा [email protected] मा इमेल मार्फत पनि बुझाउन सक्नुहुने छ । 
  • परियोजनाको कार्यक्षेत्र मरिण गाउँपालिका सिन्धुली हुने छ । छनौट प्रक्रियामा सफल आवेदकलाई आवश्यकताको आधारमा सो भन्दा फरक क्षेत्रका लागि पनि नियुक्ति दिन सकिने छ ।
  • प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।                      

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE