Climate Action Coordinator

Climate Action Coordinator

Views: 971 | This job is expired 2 days, 16 hours ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : May. 30, 2024 12:50 (2 days, 16 hours ago)

Job Specification

Experience Required : Not Required

Climate Action Coordinator

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, काठमाडौं

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, विपद् व्यवस्थापन विभागद्वारा सञ्चालित Climate Seed परियोजनामा काम गर्ने गरी खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आफूले प्राप्त गरेका शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आफ्नो व्यक्तिगत विवरण (Curriculum Vitae ) अनुभवका कागजातहरू र निवेदन संलग्न गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सोसाइटीको [email protected] वा सोसाइटीको केन्द्रीय कार्यालयमा बुझाउनु हुन सूचित गरिन्छ । म्याद नाघी आएको निवेदन उपर कुनै कारवाही हुने छैन । प्राप्त आवेदकहरूको सूची संक्षेपीकरण ( Short Listing) गरिनेछ । सूची संक्षेपीकरणबाट छनौट भएका आवेदकहरूले संस्थाले तोकेको ढाँचाको दरखास्त फारम भरेर तोकिएको दस्तुर बुझाउनु पर्नेछ । यसरी दरखास्त बुझाएका आवेदकहरूको लिखित अन्तर्वार्ता वा सान्दर्भिक सीप परीक्षा हुनेछ र सोको थप जानकारी पछि गराइनेछ । आवश्यक पदको कार्यविवरण सोसाइटीको बेवसाइट https://nrcs.org मा हेर्न सकिनेछ । तलब भत्ता तथा अन्य सेवा, शर्त र सुविधाहरू नेपाल रेडक्रस सोसाइटीको प्रचलित नियमानुसार हुनेछ ।

विज्ञापन नं. २/ २०८०/०८१

पद:  Climate Action Coordinator (CAC)

तह: ७

संख्या: १

प्रकृति: करार

अवधि: सुरुमा ६ महिना । त्यसपछि आवश्यकता अनुसार अवधि थप हुन सक्नेछ ।

परीक्षा विवरण दस्तुर:  लिखित, अन्तर्वार्ता वा सान्दर्भिक सीप परीक्षा रू. ५००/-

उमेर: २१ वर्ष पूरा भएको

न्यूनतम शैक्षिक योग्यता:  मान्यताप्राप्त शैक्षिक संस्थाबाट जलबायु, वातावरण वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सो सरह उर्तिण गरेको ।

अनुभव: जलबायू, वातावरण, विपद् व्यवस्थापन, स्वास्थ्य जस्ता सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको ।

वाञ्छनीय योग्यता

  • जलबायू, वातावरण, विपद् व्यवस्थापन, स्वास्थ्य जस्ता सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको ।
  • जलबायू परिवर्तन, यसको असर र प्रभावसम्बन्धी ज्ञान,
  • निम्न सीप भएको योजना निर्माण र अनुगमन, जोखिम व्यवस्थापन, 
  • परियोजना प्रस्ताव र प्रतिवेदन लेखन, दातृ तथा सरोकारवाला संस्थाहरूसँग सम्पर्क र समन्वय, समूह कार्य र जिम्मेवारी हस्तान्तरण ।

कार्यस्थल: नेरेसो केन्द्रीय कार्यालय र आवश्यकतानुसार फिल्ड कार्यालयहरू ।

नोट: सूची संक्षेपीकरणमा परेका उम्मेदवारहरूको नामावली लिखित, अन्तर्वार्ता वा सान्दर्भिक सीप परीक्षाहरूको समय तालिका सोसाइटीको बेवसाइटमा प्रकाशन गरिनेछ वा जानकारी दिइनेछ ।


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
  • Staff Nurse
  • AIDS Healthcare Foundation (AHF)
  • Deadline: 3 days, 18 hours from now
job_detail_page
Search, Apply & Get Job: FREE