एकीकृत शहरी विकास केन्द्र
शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि सूचना
पुनः प्रकाशन मिति २०८१/०१/१८
मिति २०८०/०१/०४ मा कान्तिपुर दैनिकमा प्रकाशित डुकुछाप दिगो खानेपानी तथा सरसफाइ परियोजना अन्तरगत खानेपानी वितरण प्रणाली निर्माण गर्नको लागि आवश्यक निर्माण सामाग्री तथा पाइप, फिटीङ्गस तथा पम्पहरु आपुर्ति गर्न बोलपत्र आहवान गरिएकोमा पर्याप्त संख्यामा बोलपत्रहरु प्राप्त हुन नआएकोले यो सुचना प्रकासित मिति २०८१/०१/१८ ले ७ दिन भित्र इच्छुक आपुर्तिकर्ताले शिलवन्दी बोलपत्र दिनसकिने गरी पुनः शिलवन्दी दरभाउ पत्र आहवान गरिन्छ ।
अन्य शर्तहरुको हकमा प्रथम पटक प्रकाशित सूचनामा उल्लेख भए अनुसार हुनेछ । प्रथम पटक प्रकाशित सूचनाका आधारमानै बुझाइसकेका आपुर्तिकर्ताहरुको हकमा प्राप्त भइसकेको शिलवन्दी दरभाउ पत्रलाईनै मान्यता दिइ तुलना गरिनेछ । इच्छुक संस्थाहरुले दरभाउ फारम सूचना प्रकाशित भएको मितिले ७ औं दिन अर्थात मिति २०८१/०१/२४ गते दिउँसो ४ः०० बजे भित्र एकीकृत शहरी विकास केन्द, गुसीङ्गाल, ललितपुर बाट खरिद गर्न सकिनेछ । सम्पूर्ण शर्तहरु पालनागरी शिलवन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले ८ औं दिन २०८१/०१/२५ दिनको ३ः०० बजे भित्र वोलपत्र यस एकिकृत शहरी विकास केन्द, गुसीङ्गाल ललितपुरमा दाखिला गरिसक्नु पर्नेछ ।