‘इन्टिग्रीटी आइडल २०१५’ अवार्ड प्रदीपराज कँडेललाई

Category: Job News | Date: | Total Views: 3403


२७ पुस, काठमाडौं। ‘इन्टिग्रीटी आइडल २०१५’ का अवार्ड हासिल गर्न गुल्मीका प्रमुख जिल्ला अधिकारी, प्रदीपराज कँडेल सफल भएका छन्। अकाउन्टविलिटी ल्याब नामक अन्तराष्ट्रिय संस्थाले सो सम्मान सरकारी कार्यालयमा रही निष्ठाकासाथ आफ्नो कर्तव्य तथा दायित्वहरु निर्वाह गर्ने राष्ट्रसेवक इमान्दार शिक्षक र निजामति कर्मचारीलाई प्रदान गर्ने गरेको छ। 

देशभरमा अनलाइन भोटिङ तथा एसएमएसको आधारमा प्रदान गरिने सो अवार्डका लागि जम्मा ५५८ आवेदन परेको थियो। जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील सो संस्थाले कँडेललाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको हो। 

उपप्रधानमन्त्री चित्रबहादुर केसी र मुख्य सचिव सोमलाल सुवेदीबाट आइतबार कँडेल ‘इन्टिग्रीटी आइडल २०१५’ ले सम्मानित गरिए। जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा नाम कमाउने कँडेल दोश्रो ब्यक्ति हुन्। यसअघि सन् २०१४ मा पाँचथरका तत्कालीन प्रमुख जिल्ला अधिकारी ज्ञानमणि नेपालले यो सम्मान पाएका थिए । 

समाजमा राम्रो काम गर्नेको उचित कदर हुन्छ भन्ने उदाहरण हो कँडेलको यो अवार्ड। “कर्म गर, फलको आशा नगर” भनेझैँ उनले निरन्तर आफ्नो कामप्रति देखाएको लगाब नेपाली रोजगार क्षेत्रमा प्रेरणादायक छ। मेरोजब डट कम कँडेललाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE