२०७९ सालमा रहेको सार्वजनिक बिदाहरु

Category: Job News | Date: | Total Views: 13559


नेपाल सरकारले आउँदो २०७९ सालको लागी सार्वजनिक बिदाको सूची बनाएको छ।  गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको घोषणामा शनिबार बाहेक कुल ४३ दिन सार्वजनिक बिदाको प्रकाशित गरिएको छ। 


  • बैशाखदेखि चैतसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने सार्वजनिक बिदाहरुको सूची यस प्रकार छ।

  • वर्षभरीमा ५२  वटा शनिबार सार्वजनिक बिदा हुनेछ।

  • मुलुकभरि सार्वजनिक बिदाहुने पर्वहरु  नव वर्ष बैशाख १ गते (बिहीबार); राई, लिम्बु, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व जेठ २ गते (सोमबार); रक्षाबन्धन साउन २७ गते (शुक्रबार); श्रीकृष्ण जन्माष्टमी भदौ ३ गते (शुक्रबार); घटस्थापना असोज १० गते (सोमबार); छठ कात्तिक १३ गते (आइतबार) परेको छ।

  • असोज १६ देखि असोज २१ गतेसम्म (आइतबार - शुक्रबार) बडा दशैंको बिदा छ। त्यस्तै तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म (सोमबार - शुक्रबार) ४ दिन हुनेछ।

  • त्यस्तै किराँत समुदायको उभौली पर्व, योमरी पुन्हि ज्यापू दिवश मंसिर २२ गते (बिहीबार), इसाई  धर्मावलम्बीहरुको पर्व/क्रिसमस डे पुस १० गते (आइतबार), तमु ल्होसार पुस १५ गते ( शुक्रबार), माघेसङ्क्रान्ति माघ १ गते (आइतबार), सोनाम ल्होसार माघ ८ गते (आइतबार), महाशिवरात्री फागुन ६ गते (शनिबार), हिमाली अधिवासी जनजातीहरुले मनाउने ग्याल्पो ल्होसार फागुन ९ गते (मंगलबार) परेको छ।

  • यस पटक इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) र  (ईद उल फित्र ) दिन पनि बिदा दिएको छ।

  • त्यस्तै फागुपूर्णिमा, हिमाली र पहाडी जिल्लालगायत ५६ जिल्लाहरुमा फागुन २२ गते (सोमबार) तथा देहायका तराई जिल्लाहरुमा  फागुन २३ गते  (मंगलबार) बिदा दिने व्यवस्था गरिएको छ

  • यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा साउन २७ गते (शुक्रबार) , इन्द्रजात्रा भदौ २४ गते (शुक्रबार) , घोडेजात्रा चैत ७ गते (मंगलबार) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ। 

  • हरितालिका तीजमा भदौ १४ गते (मंगलबार) महिलालाई बिदा दिइनेछ । जितिय पर्व  असोज २ गते (शनिबार) जितिय पर्व  मनाउने महिलाहरुलाइ बिदा दिएको छ

  • त्यस्तै, गौरा पर्व भदौ १८ गते (शनिबार), मोहम्मद जयन्ती को दिन र झापा, मोरंग, सुनसरी, सिराहा  र सप्तरी जिल्लाहरुमा सिरुवा पूर्णिमा  को दिन बिदा छ

  • वसन्त पञ्चमीमा माघ १२ गते शिक्षण संस्थाहरु लागि मात्र बिदा हुनेछ

  • मुलुकभरी सबैलाई हुने सर्वजनिक दिवस  बिदाहरु विश्वव मजदुर दिवस वैशाख १८ गते (आइतबार), गणतन्त्र दिवस जेठ १५ गते (आइतबार), संविधान दिवस असोज ३ गते (सोमबार), राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते (आइतबार), महिला दिवस फागुन २४ गते रहेका छन्

  • अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरुलाई अपाङ्ग दिवस मंसिर १७ गते (शनिबार) बिदा दिने व्यवस्था गरिएको छ।

  • फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते  (शुक्रबार) र  गुरु नानकको जयन्तीका दिन कात्तिक २२ गते (मंगलबार) धर्मका कर्मचारीलाई बिदा दिइनेछ।

  • बुद्ध जयन्ती जेठ २ गते (सोमबार) बिदा दिइनेछ।

  • जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते (शनिबार) , निजामति सेवा दिवस भदौ २२ गते (बुधबार), राष्ट्रिय एकता दिवस पुस २७ गते (बुधबार) , शहीद दिवस माघ १६ गते (सोमबार)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन।

  • बैशाख  १ गतेदेखि कात्तिक १५  गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय १० बजेदेखि ५ बजेसम्म हुने र  कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म  १० बजेदेखि ४ बजेसम्म हुनेछ । शुक्रबारको दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ।

 




job_kurakani_detail_page
Search, Apply & Get Job: FREE