नेपाल बैंक लिमिटेडमा जागिरको अवसर

Category: Job News | Date: | Total Views: 25745


नेपाल बैंक लिमिटेडमा विभिन्न पदको लागि जागिर खुलेको छ। श्रावण १३ गते गोरखापत्रमा सूचना जारी गरी बैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको छ। 

बिज्ञापनको अनुसार एक उप-प्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरुको माग गरिएको छ। छनोट भएका कर्मचारीहरुले देशका विभिन्न भागहरुमा खटाउने सो बिज्ञापनमा उल्लेख गरिएको छ। 

विभिन्न पदका लागि छुट्टा-छुट्टै योग्यता निर्धारण गरिएको छ। उप-प्रवन्धक पदमा लागि आवेदन भर्नको लागि मान्यता प्राप्त संस्थाबाट स्नातोतर उतिर्ण गरी अधिवक्ता अनुमति पत्र लिई १ वर्षको अनुभब अनिवार्य रुपमा पेश गर्नुपर्ने छ। यसै गरी सहायक उपप्रवन्धक, आइटी बरिष्ठ सहायक र सहायक पदको लागि स्नातक उतिर्ण भएको हुनुपर्ने छ।

सूचना अनुसार उपप्रवन्धकमा खुल्ला तर्फ १, सहायक उपप्रवन्धकमा खुल्ला तर्फ ३, महिला १, आदिवासी १ र एक जना मधेसी तर्फबाट माग गरिएको छ। त्यसैगरी बरिस्ठ सहायक पदमा खुल्ला तर्फ ६, महिला २, आदिवासी १, मधेसी १ र एक जना दलित तर्फबाट माग गरिएको छ भने सहायक पदमा खुल्ला तर्फ ३५, महिला ९, आदिवासी ८, मधेसी ६, दलित ३, अपाङ्ग १ र एक जना पिछडिएको क्षेत्र तर्फबाट माग गरिएको छ। 

यी पदमाहरु आवदेन दिन बिज्ञापन प्रकाशन गरिएको १५ दिन भित्र बुझाउन निर्देशन दिईएको छ। थप जानकारी र आवेदन प्रक्रियाको लागि यहाँ क्लिक् गर्नुहोस ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE