काठमाडौँ विश्वविश्वविद्यालयबाट १२४३ बिद्यार्थी दीक्षित

Category: Job News | Date: | Total Views: 7047


काठमाडौँ विश्वविश्वविद्यालयको २१ औँ दीक्षान्त समारोह मंसिर २९, २०७२ मा समापन भएको छ । सो समारोहमा विभिन्न अध्धयन संकायबाट १२४३ बिद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ साइन्सका पिएचडी, स्नातकोत्तर र स्नातक तह पुरा गर्ने २ सय ३७ बिद्यार्थी दीक्षित थिए भने स्कुल अफ मेनेजमेन्टका ४ सय ६९, स्कुल अफ इञ्जिनियरिङका २ सय ६२, स्कुल अफ एजुकेशनका ७२ र स्कुल अफ आर्टस्का २ सय ३ विद्यार्थी दीक्षित भएका हुन् । 

स्नात्तकोत्तर र स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्णपदक प्रदान गरेका थिए । स्वर्णपदक हासिल गर्नेहरुमा स्कुल अफ इञ्जिनियरिङका टंकप्रसाद दाहाललाई चान्सलर स्वर्णपदक, स्कुल अफ आर्टसका सयसकुमार न्यौपाने, एमबिए तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कृति प्रधानलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी स्मृती सिंह श्रेष्ठलाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरियो । 

कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्वदर्शनका विद्वान एवं पत्रकार मदनमणि दीक्षित उपस्थित थिए । दीक्षितका अनुसार शिक्षा, मानविकी, व्यवस्थापन, इञ्जिनियरिङ र विज्ञान संकाय सित अनुकुल गरी समाजको मानसिक विकासतर्फ उन्मुख गराउने मूल जिम्मेवारी देशका विश्वविद्यालयको रहेको छ । 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिद्यार्थीहरुले आफ्नो ज्ञान र सिपको सहि उपयोग गरेर आफ्नो र देशको बिकाशतर्फ बढ्नुपर्ने उल्लेख गरे । आफ्नो ज्ञानलाई सहि ढंगमा प्रयोग गर्न सक्नुमानै सफलता हुने उनले बताए । 

गत दुई हप्ताअघि मात्र त्रिबिबाट करिब ७५०० बिद्यार्थीहरु दीक्षित भएका थिए । नयाँ पिढिका युवाहरुले नयाँ जोश र जागरका साथ देशलाई बिकासको तर्फ लैजानछन् भन्ने सारा नेपालीको विश्वास छ ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE