पाचौँ राष्ट्रिय एचआर कन्फरेन्स भाद्रमा हुने

Category: Job News | Date: | Total Views: 4805


अगष्ट २८, २०१६ मा रियल एचआर सफ्टद्वारा प्रस्तुत पाचौँ राष्ट्रिय एचआर कन्फरेन्स बौद्ध स्थित हायात रिजेन्सीमा आयोजना गरिने भएको छ। ह्युमन रिसोर्स सोसाइटी नेपालद्वारा आयोजित सो कार्यक्रम “कर्मचारीको बढ्दो उत्पादनशीलतामा हाम्रो भूमिका” (Employee Care for Higher Productivity) को विषयमा केन्द्रित रहने छ। 

ह्युमन रिसोर्स सोसाइटी नेपालले एचआर कन्फरेन्स विशेष गरी एचआर, कार्यलय प्रमुख, कम्पनीका विभिन्न विभागका म्यानेजर, आदिका पहिचान, सामर्थता र ज्ञान एवं अनुभव बाड्नको लागि एचआर कन्फरेन्सको शुरुवात गरिएको थियो। हरेक वर्ष आयोजना गरिने सम्मेलनमा यस वर्ष भने कर्मचारीको उत्पादनशिलतालाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा जोड दिईनेछ। 

एचसिएल टेक्नोलोजीज लिमिटेडका एचआर प्रमुख पृथ्वी सेर्गिल र चाइल्डरिच नेपालका प्रमुख डा. छिरिङ लामाले उक्त सम्मेलनमा आफ्ना अनुभवहरुको बारेमा बोल्नेछन्।

सोसाइटीका अध्यक्ष कुमार जोशीका अनुसार सो सम्मेलनमा कर्मचारीको उत्पादनशिलता बढाउने नितिहरुमा ध्यानाकर्षण गरिनेछ। यसका लागि सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुलाई आमन्त्रण गरिएको छ। 

“अपाङ्ग समूहका कर्मचारीहरुलाई कसरी विशेष ध्यान दिन सकिन्छ भन्ने कुरामा पनि छलफल गरिनेछ,” जोशीले भने। “एचआरहरुबिच सामुहिक छलफल मार्फत विभिन्न उपाय र नितिहरु विकास हुने अनुमान पनि गरिएको छ।

” रियल सोल्युसन्स प्रा. लि का प्रबन्धक निर्देशक तथा एचआर सोसाइटीका उपाध्यक्ष शैलेन्द्र राज गिरी यस कार्यक्रममा सबै एचआर, विभाग म्यानेजर, सुपरीवेक्षकहरुलाई सहभागी हुन प्रेरित गर्छन। “कुनै पनि कर्मचारीको क्षमता र उत्पादनशीलता बारे एचआरलाई भन्दा उसको म्यानेजर वा सुपरीवेक्षकहरुलाई बढि जानकारी हुने हुनाले यस कार्यक्रममा एचआरका साथै म्यानेजर वा सुपरीवेक्षक तहका कर्मचारीहरु सहभागी हुन जरुरी देखिन्छ”, गिरीले भने। “कर्मचारीको राम्रो ख्याल गरे उनीहरु खुशी हुन्छन र यसको असर उसको उत्पादनशीलता र कम्पनीको ग्राहक प्रतिको सेवामा देखिन्छ।

“ एचआर सोसाइटीका उपाध्यक्ष तथा लक्ष्मी बैंकका एचआर प्रमुख अमित शर्माका अनुसार “बिगतका वर्षहरुमा कर्मचारीलाई भन्दा ग्राहकलाई प्राथमिकता दिने गरिन्थ्यो भने अबको क्रममा कर्मचारीलाई बढि प्राथमिकता दिने गरिएको छ।” यसका साथै कर्मचारीलाई खुशी र सन्तुष्ट राख्न वित्तिय तथा अरु के-कस्ता तत्वहरुको मुख्य भूमिका रहेको हुन्छ भन्ने पनि यो सम्मेलनमा छलफल गरिनेछ। 

सो कार्यक्रममा विभिन्न क्षेत्रबाट करिब १५० देखि २०० एचआर तथा अन्य म्यानेजरहरु सहभागी हुने छन् । ह्युमन रिसोर्स सोसाइटी नेपालले यो सम्मेलन २०६७ साल देखि वार्षिक रुपमा आयोजना गर्दै आएको छ। चौथो राष्ट्रिय सम्मेलन भने “विपदको बेला कर्मचारीको व्यवस्थापन” मा केन्द्रित थियो।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE