USAID Trade and Competitiveness वार्षिक कार्य योजना कार्यान्वयनको लागि आव्हान पत्र (नं. १)
United Stated Agency for International Development (USAID) को आर्थिक सहयोगमा Deloitte द्धारा कार्यान्वयन भएको USAID Trade and Competitiveness कार्यक्रमले निर्दिष्ट व्यवसायीक क्षेत्रका लागि निजी संघ संस्थाहरुबाट रचनात्मक तथा व्यवसायीक आव्हान पत्र माग गरिएको छ । यो परियोजनाले व्यवसायीक क्षेत्रको प्रतिस्प्रर्धात्मक गतिविधिहरुको जटिलता सम्बोधन गर्न, लघु साना तथा मझौला व्यवसाय (MSMEs) प्रबद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको सहभागीता बढाउने अवधारणा लिएको छ । सबै आवेदक संस्थाहरु नेपाल सरकारको नीति अनुसार कानुनी रुपमा दर्ता भएको हुनु पर्नेछ र नेपाल सरकारको सबै नियमहरु पालना गरेको हुनु पर्नेछ ।
USAID Trade and Competitiveness ले २०७९ असोज १५ देखि २०८० असोज १४ गते सम्मको लागि निर्धारण गरेको उद्धेश्य तथा योजनाको सम्बन्धमा जानकारी प्रदान गरि योग्य संस्थाहरुलाई अनुदान कार्यक्रम मार्फत निस्पक्ष तथा समान अवसर प्रदान गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ । यो बार्षिक कार्यक्रम संयूक्त राज्य अमेरीकाको विदेशी सहायता ऐन १९६१ अन्र्तगत जारी गरिएको हो ।
यस बहुबर्षिय कार्यक्रमको उद्देश्य विश्वव्यापी बजारीकरणमा नेपाली निजी क्षेत्रको सहभागीता अभिवृदि गराउनु हो । यस कार्यक्रमले नेपालबाट हुने निर्यातको गुणस्तर तथा मुल्य बढाउन सहयोग गरि आर्थिक पुनरुत्थानको नयाँ श्रंखला शुरुवात गर्न सहयोग गर्नेछ । सो सहयोगले बिबिध कारणवश आर्थिक अभियानमा सहभागी हुन नसकेका वर्गको क्षमता अभिबृद्धि गराउने, आयआर्जनका दिर्घकालिन उपायहरु अबलम्वन गर्ने तथा रोजगार प्रबर्धन गर्न योगदान पु¥याउनेछ । यसबाट आर्थिक अवसरबाट बन्चित समुदायले सहजतापुर्वक दिगोबिकास सम्बन्धि क्रियाकलापमा आफ्नो उपस्थिति जनाउँन सक्नेछन् । USAID Trade and Competitiveness ले यी माथी उल्लेखित क्रियाकलाप प्राप्त गर्नका लागि निजी तथा सार्वजनिक क्षेत्रका सरोकारवालाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने छ र यसबाट निम्नानुसार तोकिएका उदेश्यहरु मार्फत उपलब्धि हासिल हुनेछ।
उदेश्यहरु
१. बजारमा आधारित आर्थिक तथा गैर आर्थिक सेवाको पहुँचमा अभिवृदि गर्ने ।
२. उच्च बृद्धि र रोजगारीको सम्भावना भएका उत्पादनशिल क्षेत्रको उत्पादकत्व अधिवृदि गर्ने
३. लक्षित क्षेत्रको लगानी तथा व्यवसायिक वातावरणमा सुधार गर्ने ।
लक्षित क्षेत्रहरु
- कृृषि क्षेत्र (अलैँची, अदुवा, दाल)
- पर्यटन क्षेत्र (वाग्मती, लुम्बिनी, र गण्डकी प्रदेश)
- डिजिटल सेवाका क्षेत्रहरु
अबको बाह्र महिनामा यस परियोजनाले बहुअनुदान दिने उद्देश्य राखेको छ । अनुदान प्राप्त संस्थाहरुले प्रस्तावीत लागत मुल्यमा योगदान गर्नु पर्नेछ, जस्तैः नाफादायक व्यवसायहरुलाई लागत मुल्यमा ५० प्रतिशत वा सो भन्दा बढी योगदान गर्नलाई प्रोत्साहित गरिन्छ भने साना, दुर्गम वा अन्य पिछडीएका वर्गद्वारा संचालीत संस्थाहरुले ५० प्रतिशत भन्दा कम लागत मुल्यमा योगदान प्रस्ताव गर्न सक्नेछन् । अनुदानको लागि वर्षभरीनै क्रमिक रुपमा आवेदन दिन सकिनेछ । लागत सहभागीतामा वस्तुगत÷भौतिक सामग्रीको पनि मुल्यांकन गरिनेछ । वस्तुगत भन्नाले नगदको अलावा सामान तथा सेवा भन्ने बुझिनेछ ।
अनुदान कार्यक्रमले लक्षित उदेश्य पुरा गर्नका लागि आव्हान पत्र पेश गर्ने संस्थाले तय गरेका रचनात्मक दृष्टिकोणलाई पनि विशेष ध्यानमा राखेर आव्हान पत्रको अध्ययन गर्नेछ । अनुदान कार्यक्रमको कार्यान्वयन नेपालभित्र मात्र हुनु पर्नेछ र कार्यन्वयन पश्चात तल उल्लेख गरिएका मध्ये कम्तिमा कुनै एक परिणाम÷नतिजा हासिल भएको हुनु पर्नेछ ।
१. व्यापार बृद्धि
२. निर्यात बृद्धि
३. रोजगारी सिर्जना
४. व्यवसायमा आधुनिक प्रबिधिको प्रयोग – (डिजिटलाईजेसन) अथवा व्यवसायिक अभ्यास
५. लक्षित क्षेत्रमा नयाँ लगानी भित्र्याउन सफल
६. पुँजीमा पहुँच बृद्धि
७. व्यवसायिक विकास सेवाहरुको पहुँचमा बृद्धि
८. कार्यक्रममा महिला, युवा तथा पछाडी पारिएका वर्गको सहभागीता बृद्धि
अनुदान सम्बन्धि क्रियाकलापहरुले माथि उल्लेख भएका एक वा सो भन्दा बढि परिणामहरु हासिल गर्ने अपेक्षा राखिएको छ ।
USAID Trade and Competitiveness अनुदान आवेदन निर्देशिकामा कार्यक्रमको पुर्ण योग्यता तथा आवश्यकताहरु समावेश गरिएको छ । थप जानकारीको लागि अनुदान आवेदन निर्देशीकाका साथै USAID Trade and Competitiveness अनुदान सहयोग कर्मचारीलाई [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
कृपया ध्यान दिनु होला Deloitte र/वा USAID Trade and Competitiveness ले आवेदनको तयारी र आवेदन बुझाउने क्रममा गरेको खर्च व्यहोर्ने छैन । आवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूण अधिकार Deloitte र/वा USAID Trade and Competitiveness मा रहनेछ ।