प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
प्रदेश नं. १, नेपाल
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल, भोजपुर
शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना
प्रथम पटक सूचना प्रकाशन मितिः २०७७/०६/०५
सूचना नं. ०२/०७७/०७८
यस जिल्ला अस्पताल भोजपुरको आ.व. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अस्पतालको लागि तपशीलमा उल्लेखित सामाग्रीहरु शिलबन्दी दरभाउपत्रको माध्यमबाट खरीद गर्नुपर्ने भएकोले सम्बन्धित क्षेत्रमा काम गर्न ईजाजत प्राप्त ईच्छुक फर्म, संस्था वा सप्लायर्सले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) औं दिनसम्म कार्यालय समय भित्र तोकिएको दस्तुर (फिर्ता नहुने गरी) तिरी यस कार्यालय, जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय, भोजपुरमा निवेदन पेश गरी खरिद गर्न सकिने गरी सवैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । प्रत्येक ठेक्का नं को फरक फरक दरभाउपत्र फारम खरीद गरी पेश गर्नुपर्नेछ । | सूचना सम्बन्धी बिस्तृत जानकारी यस कार्यालयको website: dhbhp.pl.gov.np मा login गरी हेर्न सकिनेछ साथै कार्यालय समयभित्र जिल्ला अस्पताल भोजपुरको सम्पर्क नम्बर फोन नं : ०२९-४२०७४९, मो.नं. ९८५२०५२७४९, ईमेल: hospitalbhp @ gmail.com मा सम्पर्क राख्न सकिनेछ।