Newspaper Tender

Source: Annapurna Post

Data Processing, Editing, Verification and Clearing सम्वन्धी परामर्श सेवा

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सिंहदरवार, काठमाण्डौ
शिलवन्दी दरभाउपत्रको सूचना ।
दोस्रो पटक प्रकाशित मिति २०७७/११/२१ 

यस मन्त्रालयको आ.ब. २०७७/०७८ को लागि दरभाउपत्र फाराममा उल्लेख भए वमोजिम तपसिलका कार्यहरु गर्नु पर्ने भएकोले रु. १०००।- (एक हजार) कोष तथा लेखा नियन्त्रक कार्यालयको एभरेष्ट बैंक लि, सिंहदरवारमा रहेको खाता नं. ००१००१०६२०००००, कार्यालय कोड नं. ३३६००३५०१ तथा राजश्व शिर्षक नं. १४२२९ मा जम्मा गरेको बैंक भौचर पेश गरी दरभाउपत्र फाराम खरिद गर्नु पर्ने छ। यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इच्छुक फर्म, व्यक्ति वा कम्पनीको नियमानुसार नविकरण भएको इजाजत पत्र, स्थाई लेखा नम्वर, मूल्य अभिवृद्धि कर प्रमाण पत्र, आ.ब. २०७६/०७७ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि एवं रु. १० को टिकट टॉस गरी यस मन्त्रालयको स्टोर शाखावाट कार्यालय समय भित्र दरभाउपत्र फाराम प्राप्त गर्न सकिने छ । यो सूचना प्रकाशित भएको मितिले १६ (सोह्रौं दिनको १२:०० बजे सम्म यस मन्त्रालयको मुल दर्तामा शिलवन्दी दरभाउपत्र दर्ता गराई सक्नु पर्ने छ। यस सम्बन्धी विस्तृत सूचना मन्त्रालयको वेवसाइटमा राखिएको छ । अन्य प्रावधान सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ । थप कुरा बझन परेमा कार्यालय समय भित्र यस मन्त्रालयमा सम्पर्क गर्न सकिनेछ । 

सूचना नं.: 4-molcpa-077/078
दरभाउपत्रको विषय: Data Processing, editing, verification and clearing सम्वन्धी परामर्श सेवा


Search, Apply & Get Job: FREE