Newspaper Tender

Source: Nagarik

Construction Works

ब्याँस गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
सुन्सेरा, दार्चुला 
सिलबन्दी बोलपत्र /दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०७४।०१।१३ 

यस कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा तपसिल बमोजिमको कार्य गराउनु परेकोले तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही इच्छुक निर्माण व्यवशायीहरुबाट यो सूचना प्रकाशित भएको मितिले बोलपत्र भए ३० दिन र शिलबन्दी दरभाउपत्र भए १५ दिन भित्र तपसिलमा उल्लेखित रकम (फिर्ता नहुने गरी) आ.ब. २०७७/०७८ को लागि नविकरण गरिएको कम्पनी वा फर्म इजाजत दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र, स्थायी लेखा प्रमाण पत्र र आ.ब. २०६६/०७७ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि संलग्न राखि यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।

कामको बिबरण:

  • Sina tinkar sakha sadak dekhi tatopani jane sadak
  • Korkotya to patharkot road

१. तोकिएको मिति र समयमा प्राप्त सिलबन्दी बोलपत्र दाता वा निजको प्रतिनिधीको रोहवरमा खोली मुचुल्का तयार गरिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पुग्ने छैन । 

सिलबन्दी बोलपत्रको लागि माथि उल्लेख गरे बमोजिमको धरौटी रकम यस कार्यालयको माछापुछे बैंक सुन्सेरा दार्चुलामा रहेको धरौटी हि.नं. १००१५२४७६०८४८०४१ मा दाखिला गरेको सक्कल भौचर वा बोलपत्र खरिद गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त क वर्गको बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको बैंक ग्यारेन्टी (बिडबण्ड) पेश गर्नु पर्नेछ। 

३. बोलपत्र/दरभाउ पत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यस पछि लगतै कार्यालय खुलेको दिन माथि उल्लेख गरिएकै समय भित्र उक्त कार्य गरिनेछ । 

४. बोलपत्र फाराममा मूल्य अभिवृद्धि कर बाहेकको रकम अंक र अक्षरमा स्पष्ट संग लेखि सिलबन्दि गरी बाहिर खाममा आफुले गर्ने कामको नाम लेखि यस कार्यालयमा बुझाउनु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलार्य मान्यता दिइनेछ । 

५. सिलबन्दी बोलपत्रको मान्य अवधि ९० दिनको हुनेछ । 

६. रित नपुगेको वा म्याद नाघी पर्न आएको बोलपत्र उपर कुनै कारवाही गरिने छैन । सर्त सहितको बोलपत्र मान्य हुने छैन । 

७. बोलपत्र/दरभाउ पत्र स्वीकृत गर्ने नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने अन्तिम अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

८. खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नबाझिएको र व्यवशाय सम्बन्धि कसुरमा सजाय नपाएको भन्ने लिखित धोषणा गरेको कागजात बोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ । 

९. टिपेक्स लगाएको अंक र अक्षर मान्य हुनेछैन । 

१०. एक फर्मको नाममा खरिद गरेको बोलपत्र/दरभाउ पत्र अर्के फर्मको नामबाट दाखिला गर्न पाइने छैन । 

११. यस सूचनामा उल्लेख भएकोमा सोही बमोजिम र अन्य कुराको हकमा प्रचलित ऐन नियम अनुसार हुनेछ । 

१२. यो सूचना यस कार्यालयको वेभ साइट www.vyansmun.gov.np मा पनि हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE