खिजीदेम्वा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
खिजिफलाटे,ओखलढुंगा
१ नं. प्रदेश, नेपाल
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
सूचना प्रकाशित मितिः २०७७/०४/२७
यस खिजीदेम्बा गाउँपालिकाबाट मिति २०७७/०२/२६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना तथा www.bolpatragov.np/egp को E-procurement portal मार्फत बोलपत्र आव्हान सम्बन्धी सूचना अनुसार रितपूर्वक अनलाइन मार्फत पेश हुन आएका बोलपत्रहरु मध्ये तपशिल बमोजिमको बोलपत्रहरुको प्राविधिक तथा आर्थिक प्रस्ताव न्यूनतम मुल्याङ्गित सारभूत रुपमा प्रभावग्राही देखिन आएकाले मुल्यांकन समितिबाट स्वीकृतिको लागि सिफारिस भई आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र सोहि ऐनको दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सवै बोलपत्रदाताहरुलाई समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।
सि. नं. १
ठेक्का नं. KDRM/NCB/09/2076/077
योजनाको नाम: Construction of Khijidemba Rural Municipality Office Building at Khijifalate, Khijidemba Rural Municipality, Okhaldhunga
छनौट भएका बोलपत्रदाको नाम ठेगाना: Paradise-Innovative JV, Lalitpur
कबोल रकम (प्रोभिजनल सम र भ्याट समेत): ३,०४,३२,९७६/७२(अक्षेरुपी रु तीन करोड चार लाख बत्तिस हजार नौ सय छयहत्तर रुपैयाँ बहतर पैसा मात्र)
प्रमुख प्रशासकीय अधिकृत