Newspaper Tender

Source: Kantipur

Tender Category : Consulting
Published Date : Jun 06, 2021
Deadline : June 26, 2021, 5 p.m.
Views : 610

स्क्रयाप बिक्री सम्बन्धी सूचना

UNILEVER NEPAL LIMITED
टेण्डर माध्यमबाट स्क्रयाप बिक्री सम्बन्धी सूचना

यस कम्पनीको हेटौंडा-३ बसामाडी, मकवानपुर स्थित उद्योग लगायत हेटौंडा औद्योगिक क्षेत्र र हे.उ.म.न.पा.-११ मा संचालित थर्ड पार्टी उद्योग संचालनको क्रममा निस्कने अनुमानित रु. २,००,००,०००।(अक्षरेपी रु. दुई करोड) मूल्य बराबरको स्क्रयाप सामान (खाली ड्रम, बोरा, प्लास्टिक इत्यादी) १२ महिनाको लागि टेण्डरको माध्यमबाट बिक्री गर्नुपर्ने भएकोले उक्त सामानहरु मिति २०७८ भाद्र १६ गते देखि २०७९ भाद्र १५ गते (सेप्टेम्बर ०१ तारिख २०२१ देखि अगस्त ३१ तारिख २०२२) सम्म खरीद गरी लिन इच्छक फर्म वा कम्पनीले देहायमा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रही कोटेसन पेश गर्न हुन आव्हान गरिन्छ । 

१. टेण्डर खरीद गर्न चाहने फर्म वा कम्पनीले यस कम्पनीको ईमेल ठेगाना [email protected] मा मिति २०७८ ।०३।०५ गते (१९ जून २०२१) सम्ममा ईमेल लेखि टेण्डर फर्म माग गर्नु पर्नेछ । सो टेण्डर फारम मागको ईमेल प्राप्त भइसकेपछि कम्पनीले सोहि प्राप्त ईमेल ठेगानामा मिति २०७८।०३।१२ (२६ जून २०२१) गते सम्ममा कार्यालय समय भित्र बिहान १०:०० बजे देखि बेलुका ५ बजे सम्म) टेण्डर फारम ईमेलबाट नै पठाईने छ । 

२. टेण्डरमा भाग लिन इच्छुक फर्म वा कम्पनीले यस कम्पनीबाट प्राप्त टेण्डर बुझिने गरी भरेर सिल टेण्डर फर्म मिति २०७।०३।३१ गते (१जलाई २०२१) सम्ममा करियर मार्फत “यनिलिभर नेपाल लिमिटेडको सिटि स्क्वायर विल्डिङ्ग दोस्रो र तेस्रो तला" नयाँ बानेश्वर, काठमाण्डौं अवस्थित कार्यालयमा कार्यालय समयभित्र पठाई सक्नुपर्नेछ । सोको साथमा अद्यावधिक नविकरण सहितको फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, VAT दर्ता प्रमाणपत्र, २०७६/७७ को कर चुक्ता प्रमाणपत्र र रु. ५०,000/- (पचास हजार मात्र) को रकम धरौटी स्वरुप नेपाल एस. बि. आई बैंक लिमिटेड हेटौंडामा रहेको युनिलिभर नेपाल लिमिटेडको नामको खाता नं. १७७२५२४००००३५२ मा जम्मा गरेको भौचर समेत पेश गर्नु पर्नेछ । ईमेल तथा व्यक्तिगत सम्पर्क द्वारा पठाइएका टेण्डरहरु मान्य हुने छैन । 

३. बोलपत्र स्वीकृत भएमा धरौटी वापत अतिरिक्त रु. ४,५०,०००।- (चार लाख पचास हजारनेपाल एस. बि. आई बैंक लिमिटेड, हेटौंडामा रहेको युनिलिभर नेपाल लिमिटेडको नामको खाता नं. १७७२५२४००००३५२ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्नेछ । तोकिएका सर्त बन्देज बमोजिम स्क्रयाप उठाएको ६ महिनाको कार्य अवधि सम्पन्न भएपछि सि. नं. २ र ३ बमोजिम राखिएको धरौटी रु. ५,००,०००।-(पाँच लाख) एक मुष्ट रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको एकाउन्ट पेयी चेक मार्फत फिर्ता गरिनेछ । 

४. स्वीकृत भएको बोलपत्रवालाले कथंकदाचित कबोल गरेको दरमा ठेक्का करार गर्न नचाहेमा जम्मा भएको धरौटी फिर्ता हुने छैन । 

५. प्राप्त बोलपत्रहरु कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा सुरक्षित रहनेछ । बोलपत्रहरु स्वीकृत नभएमा बोलपत्र साथ पेश भएको धरौटी रकम फिर्ता दिईनेछ ।  

६. म्याद नाघी प्राप्त हुन आएका वा निर्धारित प्रकृया पूरा नगरेका टेण्डरहरु मान्य हुने छैन । 

७. टेण्डर कम्पनीको प्रतिनिधिबाट खोलिनेछ र टेण्डर परेको पार्टीलाई सोही अनुसारको जानकारी ईमेलबाट गराईनेछ । 

८. माथि उल्लेख गरिएको स्क्रयाप बिक्री सम्बन्धी अनुमानित गरिएको रकम कारखाना संचालनमा थपघट भए सोहि अनुरुप थपघट हुन सक्नेछ । 

९. स्क्रयाप यार्डमा राखिएका सामानहरु हरेक एक दिनको अन्तरालमा नियमित रुपमा उठाउनु पर्नेछ ।  

१०. बोलपत्रमा उल्लेख गरेको दर रेट बमोजिम स्क्रयाप सामान उद्योगबाट उठाई लैजाने समयमा सोको मूल्य बराबरको रकम बैंकमा जम्मा गरेको भौचर पेश गरेपछि मात्र स्क्रयाप सामान लाग्ने आदेश जारी गरिनेछ ।

 ११. स्क्रयाप यार्ड सफा गर्ने क्रममा काममा नआउने तथा बिक्री गर्न नमिल्ने कतिपय सामानहरु पनि उठाई त्यस्ता सामानहरु कारखाना बाहिर व्यवस्थित रुपबाट वातावरणमा प्रभाव नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने तथा नष्ट गर्नुपर्ने समेत हुन्छ । 

१२. स्क्रयाप व्यवस्थापनको लागि बोलपत्रवालाले आफ्नो १ जना कामदार स्क्रयाप यार्डको लागि कारखानामा दैनिक रुपमा पठाउनुपर्ने छ । 

१३. एक हप्ता (७ दिन) सम्म स्क्रयाप नउठाएमा त्यसपछि प्रति दिन रु. ५,०००।- (रु. पाँच हजार) हर्जाना तिर्नुपर्ने हुन्छ । 

१४. दुई हप्तासम्म पनि स्क्रयाप नउठाएमा सो स्क्रयाप व्यवस्थापन गर्न कम्पनीले गर्नु परेको खर्च समेत सम्बन्धित ठेकेदारबाट असुल उपर गरिनेछ । 

१५. माथि लेखिएका सम्पूर्ण शर्त बन्देजहरुको पालना गर्छ भनि टेण्डरमा उल्लेख गर्नुपर्नेछ । १६. स्क्रयाप उठाउने सम्बन्धी बोलपत्र स्वीकृत भै काम गर्ने करार गरी शर्त बन्देज बमोजिम काम नगरी शर्त बन्देज को पालना नगरेमा सम्झौताको अवधि भित्र पनि कम्पनीले ठेक्का करार भंग गरी अर्को पक्षसँग करार गर्न सक्नेछ। स्क्रयाप उठाउँदा कारखानाको कुनै सामान स्क्रयापको साथमा लैजाने को शिस भएमा करार बिचमा भंग गरी नयाँ पार्टी नियुक्त गर्न सकिनेछ । शर्त बन्देज बमोजिम काम गर्न नसकेको तथा यस्तो कुनै कारणबाट करार भंग भएमा जम्मा भएको धरौटी रकम फिर्ता हुनेछैन । 

१७. स्क्रयाप सम्बन्धी काम गरेका अनुभवी फर्मलाई प्राथमिकता दिइनेछ । 

१८. टेण्डर पेश गर्ने फर्म वा संस्थाले टेण्डर पेश गर्ने सम्बन्धी आधिकारिक निर्णयको फोटोकपि समेत पेश गर्नु पर्नेछ । 

१९. टेण्डरमा कबोल गरिएको मूल्य तथा दर भाउ पत्रका निवेदकको अनुभव एवं कार्य क्षमताको आधारमा स्वतन्त्र रुपमा छनौट गरिने भएकोले टेण्डर स्वीकृत गराउन कुनै व्यक्तिगत सम्पर्क, फोन आदि नगरि व्यवसायिक स्वतन्त्रता एवं मर्यादामा सहयोग पुयाउनु हुन अनुरोध गर्दछौं । 

यस सम्बन्धी थप जानकारी आवश्यक परेमा बिहान १0:00 बजे देखि बेलुका ५:00 बजे सम्म फोन नं. 09-8003002, 09-80८५८६३ (कर्पोरेट अफिस-बानेश्वर, काठमाण्डौ) मा सम्पर्क गर्न सकिनेछ।


Search, Apply & Get Job: FREE