रतुवामाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सिजुवा, मोरंग
१ नं. प्रदेश, नेपाल
विधुतीय शिलवन्दी वोलपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति २०७८/०१/१४
प्रस्तुत विषयमा यस रतुवामाई नगरपालिकाकाको वडा नं. १ मा गर्नुपर्ने तपशिल अनुसारको निर्माण कार्य विधुतीय खरिद प्रकृयाको माध्यमवाट गराउनु पर्ने भएकोले उक्त कार्यका लागि नेपाल सरकारवाट इजाजत प्राप्त इच्छुक योग्य नेपाली निर्माण व्यवसायीहरुका लागि निम्न शर्तहरुको अधिनमा रहि रितपूर्वकको तपशिल अनुसारको शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
योजनाको नाम: भल्खुवा पर्यटकीय पुर्बधार निर्माण, रतुवामाई-१
१. खरीद प्रकृया e-GP को माध्यमबाट मात्र गरीने भएकोले PPMO को website : www.bolpatra.gov.np/egp बाट bid document हरु डाउनलोड गरि मिति २०७८/०२/१३ गते दिनको १२.०० वजेभित्र पेश गर्न सकिनेछl e-submission का लागि वोलपत्र खरिद दस्तुर वापत राजश्व खातामा जम्मा गरेको र सम्बन्धित ठेक्का नं र निर्माण कार्यको नाम खुलेको उल्लेखित रकम बराबरको राजश्व दाखिला भौचर ( pdf format मा) साथै पेश गर्नु पर्ने छ । बैंकको नामः- मेघा बैंक नेपाल लि. सिजुवा, शाखामा रहेको आन्तरिक राजश्व खाता , खाता नं.- ००८००१०८४१२६३
२. बोलपत्र २०७८/०२/१३ गते दिनको १:०० वजे देखि यस कार्यालयमा उपस्थित बोलपत्रदाताहरु वा निजको अधिकार प्राप्त प्रतिनिधिहरुको रोहबरमा खोलिने छ।बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
३. बोलपत्र खोलिने दिन विदा पर्न गएमा सो कार्य लगतै कार्यालय खुलेको दिन हुनेछ ।
४. बोलपत्र साथ मेघा बैंक नेपाल लि. सिजुवा शाखामा रहेको रतुवामाई नगरपालिकाको धरौटी खाता नं.००८००१००८९७५१ मा फर्मको नामवाट जमानत वापतको नगद रकम जम्मा गरेको भौचर वा पेश गर्ने अन्तिम मितिदेखि कम्तिमा १२० (एक सय वीस) दिन म्याद भएको नेपाल सरकारवाट मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाले यस कार्यालयको नाममा जारी गरिएको बैक जमानत (बैक ग्यारेण्टी) पेश गर्नु पर्ने छ । सो बैक जमानत/भौचरमा सम्बन्धित ठेक्का नं र निर्माण कार्यको नाम उल्लेख भएको हुनु पर्ने छ।
५. e-submission सम्बन्धि जानकारी सार्वजनिक खरीद अनुगमन कार्यालयको website बाट हेर्न सकिनेछ ।
६. यस सुचनामा उल्लेख भएकोमा सोही बमोजिम र अन्य विषयको हकमा सार्वजनिक खरिद ऐन २०६३, (संसोधन सहित) र सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन सहित), प्रचलित ऐन नियम तथा नगरपालिकाको निर्णय अनुसार हुनेछ।
७. शिलवन्दी बोलपत्रको अन्य कागजातमा (भाषागत समेत) त्रुटी भएमा वा विषय वा प्रसंगले अन्य अर्थ लागेमा कार्यालयले कुनै वेला सच्याउन वाधा पर्ने छैन । कार्यालयको हितलाई ध्यानमा राखी बोलपत्र, पुरै वा आंशिक रूपमा स्विकार / स्विकृत गर्ने वा अस्विकार / अस्विकृत गर्ने वा सूचना नै रद्ध गर्ने लगायतका सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहको छ।
८. वोलपत्र सम्वन्धि थप जानकारीका लागि कार्यालय समयमा यस कार्यालयको फोन नं. ०२१-४१४०५२ वा वेवसाईट www.ratuwamaimun.gov.np official E-mail: [email protected] मा सम्पर्क गर्न हेर्न सकिनेछ।
प्रमुख प्रशासकिय अधिकृत