Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : Apr 15, 2021
Deadline : April 22, 2021, noon
Type : Bolpatra
Views : 324

चेपाङ्ग सुरक्षित नमुना आवास निर्माण कार्य गर्ने/ गराउने बारेको

Invitation for Quotations 
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
शाखा कार्यालय, माडी 
चेपाङ्ग सुरक्षित नमुना आवास निर्माण कार्य गर्ने/गराउने बारेको
बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति : २०७८/०१/०२ 

यस वित्तीय संस्थाको शाखा कार्यालय, माडीको कार्यक्षेत्र अन्तरगतको माडी नगरपालिका वडा नं - ०९, चितवन स्थित चेपाङ्ग सुरक्षित नमुना आवास मध्ये ८ वटा आवासको निर्माण कार्य (अनुमानित लागत रु.२४,२०,५५३.०५ कर सहित) गराउनका लागि तपशिलमा उल्लेख भए अनुसारका कार्यहरु बोलपत्रको माध्यमबाट गराउनू पर्ने भएकोले सो सम्बन्धी कार्य गरेको अनुभवी इच्छुक फर्म निर्माण कम्पनीहरुबाट निम्न शर्तहरुको अधिनमा रही बोलपत्र पेश गर्न हन यो सचना। प्रकाशित गरिएको छ।

तपशिल : 
बोलपत्र नं :- CSR-02/7/78 

बोलपत्र सम्बन्धी सर्तहरु: 

१. बोलपत्रमा समावेश हुन चाहने फर्म/ निर्माण कम्पनीहरुले माथि उल्लेख गरिए अनुसारका कार्य तथा सामानहरुको लागि बोलपत्र खरिद गरि पेश गर्नु पर्नेछ । उक्त बोलपत्र सम्बन्धी कागजात यो सुचना प्रकाशित भएको मितिदेखि २०औं दिनको (सो दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन) ३:०० बजेसम्म यस वित्तीय संस्थाको शाखा कार्यालय, माडी चितवन र केन्द्रीय कार्यालय मध्येवानेश्वर काठमाण्डौबाट पछि फिर्ता नहुने गरी प्रति दर भाउपत्र रु.१,५००।- (अक्षरेपी एक हजार पाँच सय मात्र) तिरी खरिद गर्न सकिनेछ । बोलपत्र राखिएको खामको बाहिर शीरमा कुन कामको लागी बोलपत्र पेश गरिएको हो सोको विवरण समेत उल्लेख गरिएको हुनु पर्नेछ।

२. बोलपत्र फाराम खरिद गर्न आउँदा सम्बन्धित फर्म तथा कम्पनीले नविकरण सहितको फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (मु.अ.कर समेत), आ.व.२०७६/७७ को कर चुक्ता प्रमाण पत्र सहित आधिकारिक निवेदन पेश गर्नु पर्नेछ।

३. सुचना प्रकाशित भएको मितिदेखि २१औं दिन (सो दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन) को अपरान्ह १२:०० बजेभित्र यस वित्तीय संस्थाको शाखा कार्यालय, माडी चितवनमा बोलपत्र दाखिला भई सक्नु पर्नेछ

४. प्रथम पटक सूचना प्रकाशित भएको मितिदेखि २१औं दिन (सो दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिनको) दिउँसो ३:०० बजे बोलपत्र दाता वा निजको अख्तियारी प्राप्त प्रतिनिधिको उपस्थितिमा बोलपत्र यस वित्तीय संस्थाको शाखा कार्यालय, माडी चितवनमा खोलिनेछ । बोलपत्र दाता वा निजको अख्तियारी प्राप्त प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा परेको मानिने छैन । 

५. बोलपत्रको साथमा कबोल अंकको २.५ प्रतिशत (अढाई प्रतिशत) रकम यस वित्तीय संस्थाको नाममा बैंक अफ काठमाण्डौ लि., कमलादीमा रहेको खाता नं. ०१०००००५१०३८-५२४ मा जम्मा गरेको सक्कल बैंक भौचर वा यस वित्तीय संस्थाको पक्षमा जारी भएको बोलपत्र पेश गर्ने मितिले ९० दिन मान्य अवधि रहेको बैंक ग्यारेण्टी संलग्न गर्ने पर्नेछ । 

६. बोलपत्र सम्बन्धी विस्तृत विवरण र बोलपत्र सम्बन्धी अन्य शर्तहरु तथा गर्ने पर्ने कार्यहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम तथा सो बाहेक अन्य कुराहरु सार्वजनिक खरिद ऐन (संसोधन सहित) तथा वित्तीय संस्थाको विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ । 

७. प्राप्त बोलपत्रहरु स्वीकार गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पुर्ण अधिकार वित्तीय संस्थामा निहित हुनेछ । सो कारवाही सम्बन्धी कूनै कूरा प्रकाशमा ल्याउन वा जानकारी दिन वित्तीय संस्था वाध्य हुने छैन । 

८. यस सम्बन्धी थप जानकारी चाहिएमा यस वित्तीय संस्थाको केन्द्रिय कार्यालय प्रशासन विभाग काठमाण्डौमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ । दरभाउपत्र सम्बन्धी यस वित्तीय संस्थाको Website मा पनि हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE