Newspaper Tender

Source: Nagarik

मोटरसाइकल खरिद कार्य

सोताङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सोताङ, सोलुखुम्बु
मोटरसाइकल खरिद कार्यका लागि सिलवन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति : २०७७/१२/३० 

यस सोताङ गाउँपालिकाको लागि मोटरसाइकल आवश्यक भएकाले सो को खरिद कार्य सिलवन्दी दरभाउपत्रद्वारा गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत (मान्यता) प्राप्त उत्पादक /कम्पनी/अधिकृत विकेताबाट निम्न शर्तहरुको अधिनमा रही रीतपुर्वक सिलवन्दी दरभाउपत्र आह्वान गरिएको व्यहोराको यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। 

तपसिलः 

१. दरभाउपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औ दिन (२०७८/०१/२८) भित्र चालु आ.व. का लागि नविकरण भएको ईजाजत पत्र, आयकर दर्ता र मु.अ. कर दर्ता र गत आ.व.को कर चुक्ता भएको प्रमाण पत्रका प्रमाणित प्रतिलिपि संलग्न राखि लिखत निवेदन साथ तल उल्लेखित दस्तुर (फिर्ता नहुने गरी) तिरि इच्छुक दरभाउपत्र दाताले यस कार्यालयबाट खरिद गर्न सकिनेछ । 

२. खरिद भएका दरभाउपत्र प्रथम पटक प्रकाशित भएको मितिले ३१ औ दिन (२०७८/०१/२९ गते) दिनको १२:०० बजे भित्र सिलवन्दी लाहाछाप गरी खाममा विवरण प्रष्ट खुलाई यस कार्यालयमा दर्ता गरी सक्नुपर्नेछ । दर्ता भएका दरभाउपत्रहरु सोही दिनको ३:०० बजे उपस्थित दरभाउपत्रदाता वा निजको प्रतिनिधि र कार्यालयका प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्रदाताहरु र निजका प्रतिनिधिहरु उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन । 

३. दरभाउपत्र खरिद गर्ने वा दाखिला गर्ने अन्तिम दिन विदा परेमा लगतै कार्यालय खुलेको दिन सोही समय अनुसार हुनेछ । 

४. दरभाउपत्र साथ जमानत वापतको वोलकवोल अङ्कको २.५ प्रतिशतले हुन आउने रकम कृषि विकास बैंक शाखा कार्यालय सोताङ स्थित सोताङ गाउँपालिका कार्यालयको धरौटी खाता नं. ११२५५०१४२९९३९०३५ ग-३ मा जम्मा गरेको सक्कल बैक भौचर वा सो रकम बरावरको यस कार्यालयको नाउँमा जारी गरिएको विडवण्ड (bid bond) दरभाउपत्र पेश गरेको अन्तिम मितिबाट १२० दिन मान्य भएको पेश गर्नुपर्नेछ । 

५. म्याद नाघि आएको रित नपुगेको र सर्त राखिएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन् । 

६. दरभाउपत्रदाता बाट दरभाउपत्र मा उल्लेखित मूल्य अभिवृद्धि कर वाहेक रकम उल्लेख गर्नपर्नेछ । सो दर रेटमा अङक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएमा केरमेट भएको ठाउमा सहीछाप भएको हुनुपर्नेछ । 

७. यस कार्यालयको हितलाई ध्यानमा राखी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सवै अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ। 

८. दरभाउपत्र स्वीकृत भएपछि कवुल ठेक्का अङ्कको २.५ प्रतिशतले हुन आउने रकम वरावरको नगद जम्मा गरेको सक्कलै वैक भौचर वा कम्तीमा १ बर्ष म्याद भएको मान्यता प्राप्त वाणिज्य वैकबाट यस कार्यालयको नाउँमा जारी गरिएको कार्य जमानत पत्र (परफरमेन्स वण्ड) सम्झौता गर्नुअघि पेश गर्नुपर्नेछ । 

९. दरभाउपत्र सम्वन्धि कुनै कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

१०. यस सूचनामा लेखिएको हकमा यसै अनुसार र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र अन्य प्रचलित ऐन कानुन बमोजिम हुनेछ । 

११. दरभाउपत्र दाखिला गर्ने तथा खुल्ने समयमा सूचनाको हक सम्वन्धि ऐन २०६४ बमोजिम नागरिक समाज तथा सञ्चारकर्मीको समेतको उपस्थितीका लागि अनुरोध गरिएको छ। १२. शिलवन्दी दरभाउपत्र को कामको विवरण निम्नानुसार छ। 

कामको विवरण:

  • Hero Motorcycle (Model No:XPULSE DDS 200) 1pcs
  • Bajaj Motorcycle (Model No: pulsar 150 single disc) 4 pcs 

नि. प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE