प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
प्रदेश नं.१, विराटनगर
कृषि डायरी, २०७८ छपाई सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हान
दरभाउपत्र सूचना नं. : DOAD/2077/78/04
दोस्रो पटक सूचना प्रकाशन भएको मिति : २०७७/१२/३१
१. यस निर्देशनालयका लागि आ.व. २०७७/७८ मा आवश्यक पर्ने पदेश कृषि डायरी. २०७८ छपाई सम्बन्धी कार्य शिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म वा कम्पनीहरुलाई यो सूचना जारी गरिएको छ । इच्छुक फर्म वा कम्पनीहरुले यस निर्देशनालयमा सम्पर्क गरि वा माथि उल्लेखित फोन नं वा ईमेल मार्फत दरभाउपत्र सम्बन्धी आवश्यक जानकारी लिन सकिने छ।
२. इच्छुक फर्म वा कम्पनीहरूले कृषि विकास निर्देशनालय, राजस्व शीर्षक: १४२२९. कार्यालय कोड: ३१२०११३०११. राष्ट्रिय वाणिज्य बैंकमा राजछ दस्तुर रु.१०००/- जम्मा गरी उक्त भौचर यस निर्देशनालयमा पेश गरी शिलबन्दी दरभाउपत्र फाराम सूचना प्रकाशन भएको मितिले १५ दिन १२०७८।०१।१४। भिव खरिद गर्न सकिने छ। साथै दरभाउपब फाराम खरिदको लागि चालु आ.व.को लागि नविकरण सहितको फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ.व. २०७६ । ७७ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि यस निर्देशनालयमा पेश गर्नु पर्नेछ।
३. दरभाउपत्रको सूचना प्रकाशित भएको मितिले १६ औं (२०७८।०१।१५ गते) दिन मध्यान्ह १२.०० बजे भिव यस निर्देशनालयको खरिद इकाइ शाखामा अनिवार्य दर्ता गराइसक्नु पर्नेछ। सोहि दिन दिनको १२.३० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा यस निर्देशनालयमा दरभाउपत्र खोलिनेछ। तर दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन। रित नपुगेको र म्याद नाघी पाप्त भएको दरभाउपत्र उपर कुनै कारबाही गरिने छैन।
४. BOQ मा दररेट प्रति इकाइ दरमा पेश गर्नु पर्नेछ।
५. दरभाउपत्रको म्याद दरभाउपत्र खोलेको मितिले ४५ दिनको हुनेछ।
६. दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम दिन, दरभाउपत्र दर्ता गराउने दिन तथा दरभाउपत्र खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यस पछिको कार्यालय खुल्ने दिनलाई अन्तिम दिन मानिनेछ ।
७. दरभाउपत्रमा उल्लेखित सामानको परिमाण आवश्यकता अनुसार थपघट भएमा पनि आपूर्तिकर्ताले स्वीकार गर्नुपर्नेछ र निर्देशनालयको आवश्यकता अनुसार खरिद गरिनेछ।
८. दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस निर्देशनालयमा निहित रहनेछ ।
९. दरभाउपत्रका साथ मान्यता प्राप्त वाणिज्य बैंकबाट यस निर्देशनालयको नाममा जारी गरिएको दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति देखि गणना हुने गरि कम्तिमा ७५ दिन म्याद भएको बैंक ग्यारेण्टी बोलपत्र जमानतको सकले प्रति सलग्न गरी पेश गर्नुपर्नेछ। बोलपत्र जमानत रकम तल लेखिए बमोजिम हुनेछ।
१०. बोलपत्र जमानत बापतको रकम नगदै जम्मा गर्न चाहे प्रदेश लेखा नियन्त्रक कार्यालयको राष्ट्रिय वाणिज्य बैंक, विराटनगरको खाता नं ख.२.३(२१२०१००२०२०३००००) मा धरौटि रकम जम्मा गरि भौचर पेश गर्नु पर्नेछ।
कामको विवरण: प्रदेश कृषि डायरी. २०७८ छपाई
बोलपत्र जमानत रकम रु.: रु.२५०००
११. दरभाउपत्र सम्बन्धी अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३. सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ।