महागढीमाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय बरियारपुर बारा
२ नं. प्रदेश, नेपाल
सेनेटरी प्याड खरिद सम्बन्धि बोलपत्र आव्हान
प्रथम पटक प्रकाशित मिति: २०७७/१२/२९
यस नगरपालिका अन्तर्गतका विद्यालयहरुमा चालु आ.ब. २०७७/७८ मा वडा नं. १ देखी वडा नं. ११ सम्मका समुदायिक विद्यालयहरुका छात्राहरुलाई निःशुल्क वितरण गर्नका लागि सेनेटरी प्याड खरिद गर्नुपर्ने भएकोले देहायका शर्त अनुसार ३० दिने सुचना प्रकाशित गरिएको छ।
१. सुचना प्रकाशन भएको मितिले ३० -तीसौं दिन सम्म तपसिलमा लेखिए बमोजिम पछि फिर्ता नहुने गरी यस कार्यालयबाट रु. ३,०००।-अक्षरेपी तीन हजार मात्र नगद बुझाई सम्बन्धित कम्पनि वा फर्मले आफै वा तोकेको अधिकारीक प्रतिनिधि मार्फत कार्यालय समय भित्र बोलपत्र फारम खरिद गर्न सकिनेछ।बोलपत्र खरिद गर्नका लागि व्यवसाय दर्ता प्रमाण पत्र, फर्म दर्ता प्रमाण पत्र, आय कर दर्ता प्रमाण पत्र र आ.ब. २०७६/७७ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी अनिवार्य पेश गर्नु पर्ने छ।
२. सुचना प्रकाशन भएको मितिले ३१ -एकतीसौं दिनको १२.०० बजे सम्म बोल पत्र फारम दर्ता हुनेछ । उक्त दिन विदा परेमा सो को भोलिपल्ट वा कार्यालय खुलेको दिन निर्धारित समय भित्र बोलपत्र फारम दर्ता हुनेछ । यसरी तोकेको मिति र समय भित्र दर्ता भएका बोलपत्र फारमहरु मात्र सोही दिन दिउसो २.०० बजे कार्यालय प्रतिनिधि र वोल पत्र दाता वा निजको प्रतिनिधिहहरुको रोहवरमा खोलिने छ । वोलपत्र दाता वा निजको प्रतिनिधिहहरु उपस्थित नभए पनि वोल पत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
३ . वोलपत्र दर्ता जमानत वापत कबोल रकमको ३ प्रतिशतले हुने रकम यस कार्यालयको नाममा रहेको रा. बा. बैंक स्थित धरौटी खाता नं. 13900303000005 मा नगदै जम्मा गरेको सक्कलै भौचर वा कम्तिमा ९० दिन म्याद भएको मान्यता प्राप्त क श्रेणीका बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने छ।
४. आफुले सप्लाई गर्ने सेनेटरी प्याडको आधिकारीक पत्र (Authority Letter) स्वदेशी कम्पनिको हकमा उत्पादक बाट र बिदेशी कम्पनी भए National Suppliers बाट लिइ पेश गर्नु पर्नेछ।
५ .बोलपत्र पेश गर्दा आफुले सप्लाई गर्ने सेनेटरी प्याडको नमुना बोलपत्र संगै पेश गर्नु पर्नेछ ।नमुना विनाको बोलपत्र फारम मान्य हुने छैन ।
६. सेनेटरी प्याड कार्यालयमा दाखिला गर्न ल्याउदाँ (Expiry Date) कम्तीमा १८ महिना बाँकी भएको हुनु पर्नेछ।
७. अन्य थप शर्तहरु बोलपत्र फारममा उल्लेखित स्पेशिफिकेशन अनुसार हुने छ।
८. यस सुचनामा उल्लेख हुन छुट भएका सर्तहरु प्रचलित कानुन बमोजिम हुने छ।
थप केही बुझनु परेमा कार्यालय समय भित्र सम्पर्क गर्नु होला।
तपसिलः
बोल पत्र नं. : ०९/२०७७/७८
कामको विवरण : समुदायीक विद्यालयमा अध्यनरत छात्राहरुको लागि सेनेटरी प्याड खरिद
बोलपत्र रकम: रु.२१०००००/-
रौटी रकम : रु.६३०००/-