बोलपत्र आह्वानको सूचना
पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र अन्तर्गत भण्डारखालको बाहिरी क्षेत्रमा रहेको सवारी साधन पार्किङ स्थल बोलपत्र मार्फत सञ्चालन गर्न दिने कार्यको पुनः आह्वान गरिएको छ ।
(प्रथमपटक सूचना प्रकाशित मितिः २०७७/१२/१६), सन् मार्च २९, २०२१
ठेक्का नं. :- PADT/2077-2078/Parking/Rev/TI
(१) पशुपति क्षेत्र अन्तर्गत भण्डारखालको बाहिरी क्षेत्रमा रहेको सवारी साधन पार्किङ स्थल क्षेत्रमा रहेको सवारी साधन पार्किङ स्थल बोलपत्र मार्फत बढाबढ रूपमा कबोल गरी सञ्चालन गर्न दिने कार्यको इजाजत प्राप्त इच्छुक फर्म/कम्पनीहरूको विस्तृत जानकारीका लागि सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको http//:www.ppmo.gov.np/egp वेबसाइटमा गई यो बोलपत्र डाउनलोड गरी हेरी बुझी बोलपत्र भरी अपलोड गर्न सक्नुहुनेछ ।
(२) अन्य विस्तृत जानकारीका लागि कोषको सार्वजनिक खरिद महाशाखामा सम्पर्क राख्न समेत सूचित गरिन्छ । फोन नं. ४४७१८२८
(३) योग्य बोलपत्र दाताले बोलपत्र सम्बन्धी कागजातहरू पशुपति क्षेत्र विकास कोपको तपसिल बमोजिमको खातामा नगद जम्मा गरी सो भौचरको फोटोकपी स्क्यान गरी बोलपत्रको दस्तुर रु. ३०००।-(फिर्ता नहुने) निम्न बैंकमा नगद जम्मा गरी सो भौचरको फोटोकपी पेस गरी बोलपत्र फाराम मिति : April 27, 2021 गते कार्यालय समयभित्र प्राप्त गर्न सक्नुहुनेछ । खातावालाको नामः पशुपति क्षेत्र विकास कोष बैंकको नामः नेपाल इन्भेस्टमेन्ट बैंक ठेगानाः बत्तीस पुतली बानेश्वर, काठमाडौँ । खाता नं. : ०१९०१०३००२३१९९
(४) विद्युतीय माध्यमबाट बोलपत्र अपलोड गर्ने अन्तिम मिति April 28, 2021 गतेको दिनको १२:०० बजेभित्र सम्ममा गरिसक्नुपर्नेछ।
(५) तोकिएको समयभित्र E-Bid मार्फत पेस भएका बोलपत्रहरू पशुपति क्षेत्र विकास कोष, गौशाला काठमाडौंमा April 28, 2021 गते दिनको १३:०० बजे खोलिनेछ । बोलपत्र खोलिने कार्य प्रतिनिधि तथा बोलपत्र दाताको उपस्थितिमा खोलिनेछ, तर बोलपत्र दाता उपस्थित नभएकै करण बोलपत्र खोलिने कार्य रोकिनेछैन । साथै बोलपत्र साथ आफूले कबोल गरेको मासिक पार्किङ भाडा अङ्कको तीन महिना बराबरको रकम धरौटी स्वरूप नेपाल बैंक लि. डिल्लीबजारस्थित पशुपति क्षेत्र विकास कोषको खाता नं. ०३२०१००००६६५७३०००००१ मा नगदै जम्मा गरेको सक्कल भौचर बोलपत्र साथ स्क्यान गरी पेस गर्नुपर्नेछ।
(६) बोलपत्र बुझाउने अन्तिम दिन कार्यालय विदा हुने दिन परेमा सोको भोलिपल्ट कारबाही गरिनेछ ।
(७) बोलपत्र पूर्ण रूपमा वा आंशिक रूपमा स्वीकार गर्ने नगर्ने अधिकार पशुपति क्षेत्र विकास कोपमा सुरक्षित रहनेछ।