नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
खुमलटार, ललितपुर
प्रयोगशाला सामाग्रीहरु खरिदको विद्युतीय बोलपत्र आह्वान सम्बन्धी सूचना
सूचना प्रकाशित मिति: २०७७/११/२१
यस प्रयोगशालाको आ.व. २०७७/७८ को स्वीकृत कार्यक्रम तथा स्पेशिफिकेशन अनुसारका प्रयोगशाला सामाग्रीहरु PCR Machine, Ultrafast UV-Visible Spectrophotometer/DNA profiling kits, chemicals, reagents and accessories खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त फर्म वा कम्पनीबाट e-GP system को माध्यमबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट https://bolpatra.gov.np/egp/मार्फत विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । बोलपत्रदाताले बोलपत्र दस्तुर वापत को रकम रु. ३०००।- (तीन हजार) यस प्रयोगशालाको नाउँमा राष्ट्रिय वाणिज्य बैंक, लगनखेलको खाता नं. ११२०००००१३०६ मा जम्मा गर्नुपर्नेछ ।
सामानको विवरण:
- PCR Machine
- DNA profiling kits and accessories
- DNA kits, chemicals, reagents and accessories
- Ultrafast UV-Visible Spectrophotometer
बोलपत्रदाताले कुनै एक वा एक भन्दा बढी प्याकेजका लागि बोलपत्र पेश गर्न सक्नेछ । प्रत्येक प्याकेजका लागि जमानत वापत तोकिएको रकम प्रयोगशालाको माथी उल्लेखित बैंक खातामा जम्मा गरेको सक्कलै भौचर वा सो रकम बराबरको यस प्रयोगशालाको नाउँमा मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको १२० दिन (बोलपत्र दाखिला गर्ने अन्तिम दिनबाट) म्याद भएको विडवण्ड पेश गर्नुपर्नेछ ।
बोलपत्रहरु २०७७/१२/२२ गते आईतबार दिनको १२:०० बजे सम्म upload गरी सक्नुपर्नेछ र सोही दिन दिउँसो २:०० बजे यस कार्यालयमा खोलिनेछ । बोलपत्र सम्बन्धी थप जानकारी आवश्यक परेमा यस प्रयोगशालाको फोन नं. ०१-५५२६९२७, ५५५३०४९ वा खरिद इकाईमा सम्पर्क गरि बुझ्न सकिनेछ ।