प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
जलस्रोत तथा सिंचाइ विकास डिभिजन
बागमती प्रदेश
जगाती, भक्तपुर क्याटलग/ ब्रोसर सपिंग विधिबाट सवारीसाधन पिकअप खरिद सम्बन्धी सिलबन्दी प्रस्ताब आव्हानको सूचना
प्रकाशित मिति २०७७/११/२०
आ.व.२०७७/०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार यस कार्यालयका लागि सवारी (पिकअप 4WD) क्याटलग सपिङ्ग विधिबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताहरूलाई यो सूचना प्रकाशित भएको मितिले ९ औ दिन (मिति २०७७/११/२८) १२:०० बजेसम्म यस कार्यालयमा रितपूर्वक शिलबन्दी प्रस्ताव दर्ता गराउन आह्वान गरिएको छ । दर्ता गरिएका शिलबन्दी प्रस्ताबहरु सोही दिन १४:०० बजे खोलिनेछ । यस सम्बन्धी बिस्तृत सूचना यस कार्यालयको सूचना पाटीमा हेर्न सकिने छ।
डिभिजन प्रमुख